सोमबार , जेठ २७, २०८२

रोल्पा । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका-२ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP