मंगलबार , बैसाख २९, २०८३

भैरहवा।मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका ठेलागाडा, ट्यांकी, टहरा लगायतका संरचना हटाईएको छ ।

प्रहरीको समन्वयमा बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणको अन्तर्गत सडक सीमाभित्र सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका संरचनाहरु हटाईएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

सडक अतिक्रमण खाली गराईएपछि बेलहिया सडक क्षेत्रमा पैदल यात्रु, सवारी साधन आवागमनमा सहजता समेत आएको उनले बताए ।

सडक अतिक्रमणले सडक साँघुरिदै गएको र सवारी दुर्घटनाको जोखिम समेत रहेकोले सडक अतिक्रमणमा समन्वय गरिएको प्रहरीले जनाएको छ ।

गत साउन १७ गते सडक अतिक्रमण गरी राखिएका/बनाईएका संरचनाहरु हटाउन सूचना गरीएपनि २८ दिनसम्म सूचनालाई अटेर गरेपश्चात उक्त संरचनाहरु सोमबार हटाईएको छ ।

बेलहियाको सौन्दर्यकरणका लागि हाल बसस्टप रहेको स्थानमा ६ तल्ले अन्डरग्राउन्ड पार्किङ सहितको व्यवसायिक भवन निर्माण गर्ने लगायत नगरपालिकाको योजना छ । त्यस्तै ठूल्ठूला विधुतिय लाईट जडान गर्नका लागि नगरपालिका र नेपाल विधुत प्राधिकरणबीच सम्झौता समेत भईसकेको र छिट्टै नै काम सुरु हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले बताए ।

‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् तर स्थान पर्यटकमैत्री देखिएको छैन, जसले गर्दा पर्यटकहरुमा नकारात्मक सन्देश गईरहेको छ’ उनले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तरगत प्रकिया अघि बढाईएको हो ।’

सडक सबैको साझा भएकोले यसको संरक्षणमा सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने उनको भनाई छ ।

बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजना कार्यालय अन्तरगत निर्माणधिन अवस्थामा बेलहिया सडक ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले योजना संचालन गर्न सकेको छैन ।

‘हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरुलाई छिट्टै नै सडक निर्माण गर्न पटक पटक आग्रह गरिरहेका छौँ’ नगर प्रमुख खाँनले भने, ‘तर, बेलहियाको निर्माणधिन सडक आयोजना नगरपालिका कार्यालय मातहत नहुदाँ हामीले नगरपालिकाबाट कुनै किसिमको कारवाही प्रकिया अघि बढाउन सकेका छैनौँ ।’

उनले थपे- ‘पर्यटक भित्रिने बेलिहयाले नगर/मुलुक अवस्था दर्साउने भएकोले बेलहियाको सौन्दर्यकरण जरुरी देखिएको छ । जसमा बेलिहया र नगरवासीको साथ/सहयोगको समेत आवश्यकता छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP