बुधबार , भाद्र १७, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेको छ ।

मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एक जना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

बन्द आह्वान गरिएको समयमा पनि काठमाडौं उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सम्भावित दुर्घटना हुन नदिन सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP