शुक्रबार , भाद्र १२, २०८३

डार्विनको गोदाममा आगलागी हुँदा ३ करोड डलरभन्दा बढीको मेडिकल सामग्रीहरू नष्ट भएको छ। भीषण आगोका कारण बेरिमाहको उपनगरमा बाक्लो कालो धुवाँको मुस्लोले हावा भरिएको देखिएको थियो।

फायर फाइटरहरूले माथिबाट आगो निभाउन हवाई गियर प्रयोग गरेका छन्। तर, आगलागी नियन्त्रणका लागि केही दिनसम्म लाग्नसक्ने चेतावनी दिइएको छ।

आइतबार बिहान आगो लागेको थियो र दर्जनौं दमकललाई मद्दतको लागि पठाइएको थियो। यसबाट उत्तरी क्षेत्रका प्रमुख अस्पतालहरूका लागि पन्जा जस्ता आपूर्तिहरूलाई असर परेको बताइएको छ। नर्थन टेरीटरीका अस्पतालहरूले ब्राउन कोड घोषणा गरेको छ। यसबाट अस्पतालहरूलाई असर पर्न सक्ने बताइएको छ।

अस्पतालहरूसँग हप्तासम्म पुग्न पर्याप्त आपूर्तिहरू छन्। तर, त्यसपछिका लागि भने अन्य राज्य र क्षेत्रहरूलाई मद्दतको लागि आह्वान गर्न सक्ने बताइएको छ।

अहिले भने अस्पतालहरु नियमित रुपमा सञ्चालन भइरहेका छन्।
#picsource:ABC News

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP