शनिबार , जेठ २५, २०८२

डार्विनको गोदाममा आगलागी हुँदा ३ करोड डलरभन्दा बढीको मेडिकल सामग्रीहरू नष्ट भएको छ। भीषण आगोका कारण बेरिमाहको उपनगरमा बाक्लो कालो धुवाँको मुस्लोले हावा भरिएको देखिएको थियो।

फायर फाइटरहरूले माथिबाट आगो निभाउन हवाई गियर प्रयोग गरेका छन्। तर, आगलागी नियन्त्रणका लागि केही दिनसम्म लाग्नसक्ने चेतावनी दिइएको छ।

आइतबार बिहान आगो लागेको थियो र दर्जनौं दमकललाई मद्दतको लागि पठाइएको थियो। यसबाट उत्तरी क्षेत्रका प्रमुख अस्पतालहरूका लागि पन्जा जस्ता आपूर्तिहरूलाई असर परेको बताइएको छ। नर्थन टेरीटरीका अस्पतालहरूले ब्राउन कोड घोषणा गरेको छ। यसबाट अस्पतालहरूलाई असर पर्न सक्ने बताइएको छ।

अस्पतालहरूसँग हप्तासम्म पुग्न पर्याप्त आपूर्तिहरू छन्। तर, त्यसपछिका लागि भने अन्य राज्य र क्षेत्रहरूलाई मद्दतको लागि आह्वान गर्न सक्ने बताइएको छ।

अहिले भने अस्पतालहरु नियमित रुपमा सञ्चालन भइरहेका छन्।
#picsource:ABC News

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP