
बुटवल । पाल्पामा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदनमा यो अवस्था देखिएको हो । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ३० वटा घटना मध्ये १३ वटा भघटना आत्महतय सम्बन्धि छन् ।
प्रतिवेदन अनुसार ११ जनाले झुण्डिएर, एक जना विषादी सेवन तथा एक जनाले नदीमा हामफालेर ज्यान गुमाएका छन् । यसैगरी जिल्लामा घरेलु हिंसा सम्बन्धि १५ वटा उजुरी परेका छन् । उजुरी परेका मध्ये अधिकांश मुद्दालाई मिलापत्र गराउने काम भएको छ । प्रहरीको प्रतिवदेन अनुसार प्राप्त उजुरी मध्ये १२ वटा मुद्दामा मिलापत्र गराइएको छ । बाँकी रहेका ३ वटा मुद्दा अदाली प्रक्रियामा अघि बढेका छन् । कार्यालयमा परेका ७ वटा ठाडो उजुरी मध्य ६ वटामा मिलापत्र गराइएको छ भने एक मुद्दा बाँकी रहेको छ ।
साउन महिनामा पाल्पामा १९ जना महिला तथा ११ जना बालबालिकाहरु हराएका छन् । हराएका मध्ये १४ जना महिला भेटिएका छन् भन् ५ जना अझै वेपत्ता छन् । यसैगरी हराएका ११ जना बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले समाजमा दुर्घटना न्युनिकरण तथा सुरक्षा कार्यक्रम अन्तरगत समुदाय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साउन महिनामा प्रहरीले ११ वटा विद्यालय स्तरका तथा ३७ वटा समुदाय स्तरका कार्यक्रम सञ्चालन गरेको थियो ।
सडक सुरक्षा अन्तरगत जिल्लामा साउन महिनामा १ हजार २१५ सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट ७ लाख ८४ हजार राजश्व संकलन भएको छ । जिल्लामा २४५ टिपर, १२७ बस, ३५६ जिप, कार तथा भ्यान, ९७ ट्याक्टर, ३७५ मोटरसाइकल कारबाहीमा परेका थिए भने १५ जना चालक मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेका थिए ।