मंगलबार , बैसाख २९, २०८३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भित्र रहेका अपाङ्गता भएका मानिसलाई परिचयपत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी अपांगता परिचयपत्र वितरण गरेकाे नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको संयोजक उमा अधिकारीले बताइन् ।

‘शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तिका लागि उनीहरूसँग कुनै आधार थिएन्,’ संयोजक अधिकारीले भनिन्, ‘वितरण गरिएको परिचयपत्रले उनीहरूलाई सहज हुने विश्वास लिएका छौँ ।’

अपाङ्गता परिचय पत्रका लागि उनीहरूले अपांगता परिचयपत्र वितरण समन्वय समितिमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितिले परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ । सिफारिसपश्चात् फोटोसहितको परिचयपत्र नगरपालिका कार्यालयले वितरण गर्ने गरेको उनले बताइन । समितिका सदस्य सचिव विवेककुमार खनालका अनुसार अपाङ्गता परिचय पत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP