आइतबार , जेठ २६, २०८२

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भित्र रहेका अपाङ्गता भएका मानिसलाई परिचयपत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी अपांगता परिचयपत्र वितरण गरेकाे नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको संयोजक उमा अधिकारीले बताइन् ।

‘शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तिका लागि उनीहरूसँग कुनै आधार थिएन्,’ संयोजक अधिकारीले भनिन्, ‘वितरण गरिएको परिचयपत्रले उनीहरूलाई सहज हुने विश्वास लिएका छौँ ।’

अपाङ्गता परिचय पत्रका लागि उनीहरूले अपांगता परिचयपत्र वितरण समन्वय समितिमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितिले परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ । सिफारिसपश्चात् फोटोसहितको परिचयपत्र नगरपालिका कार्यालयले वितरण गर्ने गरेको उनले बताइन । समितिका सदस्य सचिव विवेककुमार खनालका अनुसार अपाङ्गता परिचय पत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP