मंगलबार , बैसाख २९, २०८३

मोरङ । सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गरी ठगी धन्दा गरेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाक भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् ।

अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई-सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिएका छन् । लुकिछिपी बसेको अवस्थामा झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी राईले बताएका छन् ।

उनका अनुसार पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो । आफ्नो फेसबुक ‘ह्याक’ भएको भनेर राउतले सुनसरी प्रहरीमा गत जेठ १२ गते निवेदन दिए । ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई-सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिएका थिए ।

उजुरीको अनुसन्धान अघि बढाएको प्रहरी अन्ततः फेसबुक ‘ह्याक’ गर्ने गिरोहसम्म पुग्न सफल भएको हो । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार गिरोहले नयाँ ‘सफ्टवेयर’ बनाउँदै ‘ब्युटी कन्टेस्ट’ मा भोट दिनुहोस् भनेर विभिन्न व्यक्तिलाई झुक्याउँदै म्यासेज पठाएर उनीहरुका फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पासवर्ड चोरी गरिसकेपछि म्यासेन्जरमार्फत नजिकका साथीहरुलाई आफू बिरामी परेकाले उपचारका लागि रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगी गर्ने गरेको उनको भनाइ छ ।

एसपी ढकालले भने, ‘हालसम्मको अनुसन्धानबाट सर्वसाधारणका २५ वटाभन्दा बढी फेसबुक आईडी ‘ह्याक’ गरेको खुलेको छ ।’ उनका अनुसार अरुको फेसबुक ‘ह्याक’ गरेर हालसम्म दुई लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको पाइयो ।
पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’ का विद्यार्थी समेत रहेको खुलेको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने ढकालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP