शनिबार , जेठ २५, २०८२

सिड्नीको एक घरमा भीषण आगलागी भएको छ। आइतबार बिहान सिड्नीको दक्षिण-पश्चिमी क्षेत्रमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक १० वर्षीय बालक पनि रहेका छन्। त्यस्तै, २ जना अग्निनियन्त्रकसहित ५ जना अस्पताल भर्ना भएका छन्। लगभग ५ः ४० बजे १० वटा अग्नि नियन्त्रक ट्रकहरूले रोटनेस्ट एभिन्यू, हिन्चिनब्रुकमा रहेको टाउनहाउसमा आपतकालिन उद्दार तथा नियन्त्रण सुरू गरेका थिए।

औपचारिक रूपमा पहिचान हुन नसकेता पनस ४० र ६० वर्षका दुई महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। १० वर्षीय बालकलाई गम्भीर अवस्थामा वेस्टमीडको बाल अस्पतालमा लगिएको थियो तर पछि उनको मृत्यु भयो।

फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू सुपर इन्टेन्डेन्ट ल्यूक अनस्वर्थले घटनास्थलमा चालक दलका दुई सदस्य पनि घाइते भएको बताए। आगलागीको कारण भने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

@Mntv

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP