सोमबार , चैत्र २४, २०८१

तास्मानिया । विगत केही महिनादेखि वुलवर्थस, कोल्स लगायतका अस्ट्रेलियाको ठुलाठुला सुपरमार्केटहरुका तरकारी तथा तरकारीजन्य खानेकुरा राख्ने डिब्बाहरु खाली भएको फोटो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

त्यसमाथि विज्ञहरुले विभिन्न तर्कहरु प्रस्तुत गर्दै निकट भविष्यमै अस्ट्रेलियामा खाद्य संकट आउन सक्ने चेतावनीसँगै नागरिकहरु थप चिन्तित छन् ।

के अस्ट्रेलियामा खाद्य संकट सुरु भएकै हो त ?

विगत केही महिनादेखि अस्ट्रेलियाका सुपरस्टोरहरुका डिब्बाहरु स्वच्छ तरकारी तथा कृषिजन्य उत्पादनमा आएको ह्रासका कारण खाली छन् । कोल्स, वुलवर्थस लगायतका बडेबडे सुपरस्टोरहरुले तरकारी राख्ने डिब्बाहरु खाली भएको स्वीकार्दै अब केही हप्तामा आपूर्ती सहज हुने विश्वास दिलाएको छ ।

केही दिन अथवा महिनामा अहिले क्षणिक रुपमा देखिएको खानेकुरा आपूर्ती सहज त होला, तर भविष्यमा भने डरलाग्दो खाद्य संकट हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

द अस्ट्रेलियन सेक्युरिटी लिडर्स क्लाइमेट ग्रुपले भर्खरै सार्वजनिक गरेको एक रिपोर्टमा रसिया र युक्रेन युद्धले तहसनहस पारेको अन्तर्राष्ट्रिय व्यापार, पछिल्लो समयमा इन्धनमा आएको संकट र ग्लोबल वार्मिंगका कारण हुने प्राकृतिक विपत्तिका कारण खाद्य उत्पानमा ह्रास आउने भन्दै अबको २० बर्षमा अस्ट्रेलियाले इतिहासमै नभोगेको खाद्य संकट भोग्न सक्ने गम्भीर चेतावनी दिएको छ ।

गत मंगलबार प्रकाशित उक्त रिपोर्टमा भनिएको छ, गम्भीर बन्दै गएको ग्लोबल वार्मिंग र अहिले चलिरहेको रसिया युक्रेन युद्धले भविष्यमा पानीको सहज आपूर्ती र खानेकुरा सुरक्षित गर्ने क्षमतालाई चुनौती दिन्छ । जसले हामीमा अस्थिरता र द्धन्द्ध निम्त्याउन सक्छ ।

यो कुराको औचित्य पुष्टि गर्न अस्ट्रेलियाको तथ्यांक विभागको रिपोर्ट हेरौं ।

अस्ट्रेलियाको तथ्यांक विभागको वेवसाइटमा राखिएका तथ्यांक अनुसार गत आर्थिक बर्ष २०१९२० मा मासुजन्य उत्पादनहरु, कृषिजन्य उत्पादनहरु र खेतीयोग्य जमिनमा सिँचाई गर्ने पानीको आपूर्तीमा पहिलेका आर्थिक बर्षहरुमा भन्दा निकै नै गिरावट आएको देखिन्छ ।

वेवसाईटमा विगतका बर्षहरुमा भन्दा गत आर्थिक बर्षमा रातो मासुको उत्पादनमा २ दशमलब ५ प्रतिशतले कमी, कुखुराको मासु उत्पादनमा ३ दशमलब २ प्रतिशतले ह्रास आएको देखिएको छ । त्यस्तै, गत आर्थिक बर्षमा कृषिजन्य उत्पादनमा सिँचाइका लागि प्रयोग गरिने पानी ५७ लाख मेगालिटर आपूर्ती भएको थियो, जुन विगतका आर्थिक बर्षको भन्दा २१ प्रतिशतले कमी हो । र यो आगामी आर्थिक बर्षहरुमा पनि घट्दै जाने भविष्यवाणी गरिएको छ ।

यति मात्र होइन, कोरोना माहामारीबाट तंङग्रिन लागेको अर्थतन्त्रलाई रसिया युक्रेनका कारण बढ्दै गएको इन्धन संकट, भद्रगोल अन्तर्राष्ट्रिय व्यापारले झन झन् गहिरो संकटमा फसाउँदै लगेको विज्ञहरुको तर्क छ ।

हुन त खाद्य संकट अस्ट्रेलियामा मात्र देखिन लागेको होइन । विश्वव्यापी रुपमै सन् २०५० को अनुमानित जनसंख्यालाई पुग्ने खानाको आपूर्ती गर्न सन् २०२२ मा उत्पादन भएको कृषिजन्य खानाभन्दा दोब्बर उत्पादन हुनुपर्ने विभिन्न रिपोर्टहरुले देखाउँदै आएको छ ।

तर, सम्बन्धित सरकारले भविष्यमा हुने खाद्य संकटलाई सहज बनाउन अहिलेदेखि नै रोकथामका उपायहरु अपनाउनुपर्ने विभिन्न विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

खाद्य संकट टार्न के गर्दैछ अस्ट्रेलिया ?

भविष्यमा हुनसक्ने खाद्य संकट टार्न अस्ट्रेलियाले नीतिगत तथा केही व्यवहारिक कामलाई अगाडि सारको छ । अस्ट्रेलियाका आर्नोट, पेप्सिको लगायतका ठुला ठुला निगमहरुले फुडबैंक अस्ट्रेलियालाई भारी मात्रामा आर्थिक तथा आफ्नो उत्पादनहरु दान दिइसकेका छन् ।

त्यस्तै, अस्ट्रेलियन सरकारले खाद्य वितरण गर्ने च्यारिटी संस्थाहरुलाई राहत स्वरुप १६ अर्ब अस्ट्रेलियन डलरको आर्थिक प्याकेजको घोषणा गरिसकेको छ । त्यस्तै अस्ट्रेलियन डिफेन्स फोर्सले फुड बैंक अस्ट्रेलियामा भविष्यमा हुनसक्ने भोकमरी नियन्त्रणका लागि खाद्यान्न प्याक गर्ने कुरामा सहयोग गर्दै आएको छ ।

नीतिगत कुरामा पनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले विभिन्न खाले संकट आउनुमा सबैभन्दा मुख्य कारण ग्लोबल वार्मिङ भएकोले सबैभन्दा वरिष्ठ गुप्तचर प्रमुख एन्ड्रयु शियररलाई जलवायु संकटबाट उत्पन्न सुरक्षा खतराहरुको अध्ययन गर्ने कुराको नेतृत्व गर्न आग्रह गरेका छन् ।

@nepaleyes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP