मंगलबार , अषोज २७, २०८३

डार्बिन/नेपालीपन र संस्कृतिलाई स्थानिय रुपमै चिनाउनका लागि नर्दन टेरिटोरीको डार्बिनमा नेपाल पर्व हुने भएको छ । जुन ४ तारिखका दिन डार्बिनको वाटरफ्रन्ट क्षेत्रमा पर्वको आयोजना हुन लागेको हो । गैर आवासिय नेपाली संघ डार्बिनले स्थानिय नेपाली संघसंस्था र राज्य सरकारसंग सहकार्य गरेर नेपाल पर्वको आयोजना गर्न लागेको हो ।

नेपाल पर्वका आयोजना गर्न नर्दन टेरिटोरी सरकारले ५५ हजार डलर सहयोग उपलब्ध गराएको छ । सरकारले ३० हजार डलर नगद र सरकार अन्तगर्तको वाटरफ्रन्ट कर्पोरेसनले २५ हजार डलर खर्च गरेर स्टेज र कार्यक्रम स्थलको व्यवस्थापन गर्न लागेको एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा १५ हजार भन्दा सहभागी हुने तथा ती मध्ये ८० प्रतिशत स्थानिय बासिन्दा नै रहने समेत चापागाईले बताउनुभयो । नेपाली संस्कृतिलाई पनि नर्दन टेरिटोरी समुदायको एक महत्वपुर्ण हिस्साको रुपमा विकास गर्न तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न समेत यो पर्व महत्पुर्ण रहेको संयोजक चापागाईको भनाई छ ।

धरहरा र बिहेको मण्डप

यसपालीको नेपाल पर्वमा डार्बिनका नेपालीहरुले धरहरालाई मुख्य आकषर्णको रुपमा प्रस्तुत गर्ने भएको छ । भूकम्पले ढलेको धरहरालाई नेपाल उठ्दैछ भन्नै प्रतिकका रुपमा प्रस्तुत गर्न लागिएको हो । त्यस्तै पर्वमा नेपाली बिवहा परम्परा झल्काउनका लागि बिहेको मण्डप र दुलाह दुलहीले लगाउने पोशाक समेत प्रदर्शनमा राखिने भएको छ । सहभागीहरुले बिवहाको पोशाक लगाएर फोटो समेत खिच्न सक्नेछन् ।

त्यस्तै पर्वमा नेपाली ढुंगेधार र स्वयम्भुनाथलाई पनि विशेष आकषर्णको रुपमा देखाइने तयारी छ । नेपाली चिया र नेपाली खानाको स्टलहरु समेत राखिनेछन् । नेपाली कलाकार रबिन तामाङको टिमको कन्सर्ट समेत रहने छ । बेलुका ९ बजेतिर आतिसबाजी गरेर पर्व समापन गरिने तयारी छ ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP