मंगलबार , भाद्र १६, २०८३

मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।

ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो।

काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले उनीसँग कुराकानी गरिसकेको छ।

‘उहाँले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ। उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने।

यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।

‘पाण्डेले आफूमाथि केही समयअघि मात्रै दुर्व्यवहार गरेको उहाँले बताउनुभएको छ,’ उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद पनि नाघेको छैन।’

८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलकी एक प्रतिस्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाण्डेलाई शनिबार पक्राउ गरेको थियो।

पाण्डेले आफूलाई १६ वर्षको उमेरमा ८ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको भन्दै एक यूवतीले भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनलाई पक्राउ गर्न सड़क र संसदबाट आवाज उठेको थियो।

शुक्रबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्न निर्देशन दिएका थिए।

८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।

पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउन भन्दै अहिले दिनहुँ प्रदर्शन हुन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP