मंगलबार , भाद्र १६, २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ ।
बुटवलका १९ मध्ये १८ वडाको गणना सम्पन्न हुँदा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि छन् । खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

यसपटकको चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेल,भोजप्रसाद श्रेष्ठको वडा नंं ८, निवर्तमान मेयर शिव सुवेदीको वडा नंं ७, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नगर अध्यक्ष किसन ज्ञवालीको वडा नं १३ पनि कांग्रेसले गठबन्धनका दलको सहयोगमा जितेर एमालेको किल्ला भत्काइदिएको छ ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि एमालेको एकछत्र राज ढालेर नेतृत्व आफ्नो पोल्टामा फर्काउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP