बुधबार , बैसाख २४, २०८२

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ ।
बुटवलका १९ मध्ये १८ वडाको गणना सम्पन्न हुँदा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि छन् । खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

यसपटकको चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेल,भोजप्रसाद श्रेष्ठको वडा नंं ८, निवर्तमान मेयर शिव सुवेदीको वडा नंं ७, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नगर अध्यक्ष किसन ज्ञवालीको वडा नं १३ पनि कांग्रेसले गठबन्धनका दलको सहयोगमा जितेर एमालेको किल्ला भत्काइदिएको छ ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि एमालेको एकछत्र राज ढालेर नेतृत्व आफ्नो पोल्टामा फर्काउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP