मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाको लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आफ्नो नयाँ सरकारले सबै अस्ट्रेलियालीहरूको नेतृत्व गर्ने बताएका छन्।

सिड्नीको लेबर पार्टीको विजयोल्लास कार्यक्रममा भावुक हुँदै सम्बोधन गरेका उनले अस्ट्रेलियाको जनताले परिवर्तनको लागि मतदान गरेको बताए।

एकल महिलाको रहेकी आफ्नो आमाले सरकारी आवासमा हुर्काउँदाको क्षण सम्झिँदै, एल्बनिजीले झन्डै २० वर्ष अघि बितेकी आफ्नी आमा सम्झिँदै सम्मान प्रकट गरे।

आफू प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको तथ्यले अस्ट्रेलियामा आफ्नो थर जे भए पनि कडा परिश्रम गरेमा सफलता पाइने कुरा सिद्ध भएको पनि उनको भनाई थियो।

मोरिसनद्वारा हार स्वीकार
यसअघि, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज सम्पन्न भएको चुनावमा आफ्नो दलको पराजय भएको स्वीकार गरेका थिए।

सिड्नीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफूले विपक्षी दलका नेता एल्बनिजीलाई यस निर्वाचनमा पाएको सफलतालाई लिएर बधाई दिएको मोरिसनले बताएका थिए।

अस्ट्रेलियाको निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो नतिजा अनुसार लेबरले ६८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने गठबन्धनको ५१ स्थानहरूमा अग्रता रहेको छ।

अस्ट्रेलियामा एकलौटी सङ्घीय सरकार बनाउनको लागी ७६ सिटमा विजय हासिल गर्नु पर्ने हुन्छ।

यस्तै पछिल्लो मतगणनाको आधारमा सिड्नी र मेलबर्न लगायतका केही शहरी क्षेत्रहरूमा भने ‘टील’ भनेर परिचित स्वतन्त्र उम्मेदवारहरूको अहिले अग्रता रहेको छ।

मोरिसन सरकारमा अर्थमन्त्री रहेका जोस फ्राईडेनबर्गले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकारले गरेको सफल कार्यहरूको पनि चर्चा गरे।

उनी स्वतन्त्र उम्मेदवार मनिक रायनसँग कडा प्रतिस्पर्धामा रहेका छन्।
@Sbs

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP