मंगलबार , अषोज २७, २०८३

डार्बिन । अस्ट्रेलियाको डार्बिन शहरमा आउदो जुन ४ २०२२ मा  नेपाल फेष्टिभल २०२२ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक बिष्णु चापागाईले बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति ९ बजे सम्म यो फेटिभल चल्ने छ।

उक्त कार्यक्रम का  इभेन्ट संयोजक संजिव ढकालका अनुसार महोत्सवको मुख्य आकार्षण धरहरा हुने छ । नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु सहित भिभिन्न स्टल राखेर नेपाललाइ बिस्व सामु चिनाउने उदेस्यका साथ् हामी लागि परेका छौ।

गायन, नृत्य र पूर्व मेची देखि पश्र्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको ढकालले बताए ।

अन्त्यमा बोल्दै NRNANT संयोजक चापागाईले, यो कार्यक्रम हरेक नेपालीको भावना संग जोडिएको हुदा, सम्पूर्णलाई उपस्थितिको लागि आव्हान गर्दै आफ्नो कार्य क्षेत्र वा हरेक ठाउमा सक्दो प्रचार प्रसार गरि नेपाल लाइ विश्व सामु चिनाउन डार्विनमा रहेका स्थानीय देखि हरेक देशका समुदाय सम्म नेपाल फेस्टिभल २०२२  को जानकारी दिइ सहयोग गर्न सबैलाइ आव्हान गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP