मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको डार्विनमा बस्दै आएका संगीत प्रेमी नेपाली माझ चिर परिचित कार्यक्रम को नाम हो ठमेल नाइट्स। आहिले सम्म आइपुग्दा नवौ पटक कार्यक्रमको आयोजना गरि सकेको ठमेल नाइट्स दशौ इभेन्ट आफ्ना दर्सक श्रोता माझ रमाइलो र आहिले सम्मकै धेरै सहभागिता गरेर भब्य रुपमा मनाउने योजनामा छ।

२७  मे   २०२२  मा हुन् लागेको यो इभेन्टमा साथ दिने सम्पूर्ण आगन्तुकको लागि मात्र ४० $ इन्ट्री फी  राखिएको छ। तर यो रकम early Birds टिकटमा मात्र लागु हुनेछ।  तेही दिन को टिकट प्राइज भने ५० $ लाग्ने छ।

थोरै केहि दर्शक श्रोता बाट सुरु गरेको पहलो इभेन्ट देखि हाउस फुल इभेन्ट सम्मको यात्रा तय गरेको ठमेल नाइट्सले नेपाली ख्याती प्राप्त DJ, कलाकार देखि डार्विनमा रहेका स्थानीय कलाकारलाई पनि स्थान दिदै आएको छ। नेपालीले आयोजना गरेको यो इभेन्ट डार्विनमा सबै भन्दा धेरै नेपालीको सहभागिता हुने कार्यक्रमको रुपमा चिनिन्छ।

ठमेल नाइत्स १० नाम दिइएको यो कार्यक्रमको आहिलेको मुख्य आकर्षण भने VTEN लाइ  लिइएको छ।  नेपाल संगै बिदेशमा रहेका युवा जमात मा निकै लोकप्रिय र्यापर तथा गएक VTEN डार्विन आउने चर्चा संगै यहाको माहोल नै तातिएको छ।  कार्यक्रम मा स्थानीय कलाकार र ब्याण्डले पनि आफ्नो प्रस्तुति दिने छन्।

ठमेल नाइट्सका आयोजक बिबेक ढकाल भन्छन, अब २७ मे को  calendar,  VTEN को लागि बुक गरेर राख्नुस , ठमेल नाइत्स को हरेक  नयाँ प्रोग्राम पहिलेको भन्दा अझ हिट  र अझ बबाल बनाउन हाम्रो टिम लागिपरेको छ।  आहिले सम्मकै धेरै दर्शक स्रोताको सहभागिता गराउने उदेस्यले यो इवेन्टको आयोजना गरिएको छ। Discovery Darwin, 89 Mitchell Street मा हुन लागेको ठमेल नाइट्सको गेट रातिको ८ बजे बाट खुल्ने।  सबै लाइ निम्तो दिन चाहन्छु।  

उक्त कार्यक्रमको मिडिया पार्टनरमा पुराखबर अनलाइन र NDTV Darwin रहेका छन् भने मुख्य आयोजकमा CAFLAR  रहेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP