
वडानम्बर ७ को समग्र समानुपातिक विकासका लागि आफ्नो टिमले उम्मेद्वारी दिएको ढकालले बताउनुभयो । उहाँले देवदहका दर्जनबढी सामाजिक संघसंस्थामा दशकौ देखि रहेको क्रियाशिलतालाई आम नागरिकको सेवा र आफ्नै गाँउठाँउको विकासका निम्ती अब खर्च गर्ने आश्वासन समेत दिनुभयो । उहाँभन्नुहुन्छ–‘‘मैले नेपाल रेडक्रस, रक्तसञ्चार केन्द्र, बाणिज्य संघ, विभिन्न धार्मिक तथा आध्यामिक संघसंस्था, समाजिक संघसंस्थामा नेतृत्व लिई सकेको छु, त्यो अनुभव र सिकाई अव आफ्नै वडाको विकासका लागि लगानी गर्ने भएकाले वडाको विकासका लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।’’ उहाँले समाजका लागि धेरै त्याग र बलिदानी दिएकाले शुन्य भ्रष्टाचारमुलक वडाका रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । देवदहमा गठबन्धनबाट मेयरमा काँगेस नेता हिराबहादुर खत्री र माओवादी केन्द्रबाट उपमेयरमा सुन्दरी गिरीले उम्मेदवारी दिनुभएको छ ।