मंगलबार , भाद्र १६, २०८३

बुटवल -नेकपा एमालेवाट बुटवल उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएको खुलेको छ ।
अहिले उनको बुटवलमा श्रवणपथ र मुख्य राजमार्गमा गरी दुईवटा भव्य घर छन । तर उनको मुख्य राजमार्ग मकरध्वजको औषधीपसल अगाडी रहेको घर भने वाटो मिचेर बनाएका छन् ।
गुल्मीका एक जना वोहरा थर भएका व्यक्तिसंग किनेको उनको जग्गामा उनले घर वनाउन थालेपछि विवाद भएको थियो ।
बुटवलको मुख्य राजमार्ग चौराह-गोलपार्क खण्डको अस्पताललाईनमा उनले सडक मिचेर भवन बनाएका हुन् । यो सडक विस्तारमा कांग्रेसले अवरोध गरेको झुट्टा आरोप लगाईरहदा उनी आफै सडक कब्जा गरेर भवन बनाएको खुलेको हो ।
यो विवाद वढ्दै गए पछि जग्गाको मुद्धा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । सो विवादास्पद जग्गामा उनले घर वनाए ।
तर त्यतिले पनि नपुगेर वांकी रहेको अरु जग्गा कव्जा गर्न उनले पटक पटक प्रयास गर्दै आइरहेका छन ।
पुस्पलाल पार्कको छेउमा रहेको वाटोको जग्गा कव्जा गर्ने उद्देश्यले छतका छडहरु घर वनाउदै गर्दा नै वाहिर निकालेका छन । जुन अहिले पनि देख्न सकिन्छ । जहाँ उनले ट्रस्ट बनाएर व्यापारिक प्रयोगमा ल्याउने तयारी गरेका छन् ।
बुटवलमा उपमहानगरनगरपालिकाले उनको संरक्षण गरेकै कारण पछिल्लो पटक उक्त विवादास्पद जग्गा भाडामा लगाउने उद्देश्यले फलामका सेड पनि उठाएका छन तर स्थानीयको विरोधका कारण काम पुरा गर्न भने पाएका छैनन ।
तर उनले निरन्तर सरकारी जग्गा कब्जाको रणनीति अघि सारेका छन् । उनी बुटवलको चौराह-गोलपार्क सडक निर्माणमा आफ्नो घर पनि पर्ने भएपछि पैसा उठाउने काममा अगुवाई गरेका थिए । उनले नेताहरु भेट्ने र लेनदेन मिलाउने काम गरेको प्रमाण फेला परेको छ । यो आरोपबाट जोगिन उनले यसमा अन्य दलका नेताहरुमाथि दोष थोपर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP