बुधबार , बैसाख २४, २०८२

बुटवल -नेकपा एमालेवाट बुटवल उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएको खुलेको छ ।
अहिले उनको बुटवलमा श्रवणपथ र मुख्य राजमार्गमा गरी दुईवटा भव्य घर छन । तर उनको मुख्य राजमार्ग मकरध्वजको औषधीपसल अगाडी रहेको घर भने वाटो मिचेर बनाएका छन् ।
गुल्मीका एक जना वोहरा थर भएका व्यक्तिसंग किनेको उनको जग्गामा उनले घर वनाउन थालेपछि विवाद भएको थियो ।
बुटवलको मुख्य राजमार्ग चौराह-गोलपार्क खण्डको अस्पताललाईनमा उनले सडक मिचेर भवन बनाएका हुन् । यो सडक विस्तारमा कांग्रेसले अवरोध गरेको झुट्टा आरोप लगाईरहदा उनी आफै सडक कब्जा गरेर भवन बनाएको खुलेको हो ।
यो विवाद वढ्दै गए पछि जग्गाको मुद्धा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । सो विवादास्पद जग्गामा उनले घर वनाए ।
तर त्यतिले पनि नपुगेर वांकी रहेको अरु जग्गा कव्जा गर्न उनले पटक पटक प्रयास गर्दै आइरहेका छन ।
पुस्पलाल पार्कको छेउमा रहेको वाटोको जग्गा कव्जा गर्ने उद्देश्यले छतका छडहरु घर वनाउदै गर्दा नै वाहिर निकालेका छन । जुन अहिले पनि देख्न सकिन्छ । जहाँ उनले ट्रस्ट बनाएर व्यापारिक प्रयोगमा ल्याउने तयारी गरेका छन् ।
बुटवलमा उपमहानगरनगरपालिकाले उनको संरक्षण गरेकै कारण पछिल्लो पटक उक्त विवादास्पद जग्गा भाडामा लगाउने उद्देश्यले फलामका सेड पनि उठाएका छन तर स्थानीयको विरोधका कारण काम पुरा गर्न भने पाएका छैनन ।
तर उनले निरन्तर सरकारी जग्गा कब्जाको रणनीति अघि सारेका छन् । उनी बुटवलको चौराह-गोलपार्क सडक निर्माणमा आफ्नो घर पनि पर्ने भएपछि पैसा उठाउने काममा अगुवाई गरेका थिए । उनले नेताहरु भेट्ने र लेनदेन मिलाउने काम गरेको प्रमाण फेला परेको छ । यो आरोपबाट जोगिन उनले यसमा अन्य दलका नेताहरुमाथि दोष थोपर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP