मंगलबार , बैसाख २९, २०८३

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार अध्यक्ष प्रचण्ड र नेतृ राणालाई छुट्टाछुट्टै पत्र काटेर स्पष्टीकरण सोधेको हो ।

आयोगले प्रचण्डलाई गत शुक्रबार भरतपुरमा दिएको अभिव्यक्ति र राणालाई धनगढीमा बोलेको विषयलाई लिएर स्पष्टिकरण सोधेको हो । ‘यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको अन्तरनिहीत मनसाय के हो’ आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ?’

नेपाली काँग्रेस (बी.पी.) ले प्रचण्डविरुद्ध आयोगमा दर्ता गराएको उजुरीमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिति २०७९/०१/२३ गते चितवन जिल्ला भरतपुर महानगरपालिकामा आयोजित स्थानीय तहको आमसभामा आफ्नो मन्तव्यका क्रममा यदी यस भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानेछ” भनी आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको हुँदा उक्त कार्य निष्पक्ष निर्वाचन प्रणालीको विपरित भएको हुँदा उनलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३५ र दफा ३६ बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी उल्लेख भएको छ।

त्यस्तै राणालाई सोधिएको स्पष्टिकरणमा भनिएको छ, ‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ,छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ? तपाईंले नेपाली काँग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ?’

मिति २०७९/०१/२२ गते हरिश प्रसाद अवस्थीले राणाविरुद्ध आयोगमा दर्ता गराएको उजुरीमा नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको छ, तपाईको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित छ र यसले मतदाता र करदाताको गम्भीर अपमान गरेको हुनाले राणालाई सी विषयमा स्पष्टिकरण सोधी कानून अनुसार कारवाही गरियोस भन्ने माग गरिएको छ। त्यसैगरी मिति २०७९/०१/२७ गते नेपाली काँग्रेस (बी.पी.) ले राणाविरुद्ध आयोगमा दर्ता गराएको उजुरीमा ‍कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको र मन्तव्यका क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएमा प्रत्येक वडाबाट ४/५ जनाको दरले निशुल्क रुपमा भिसा टिकेटको व्यवस्था गरी मलेशियामा बैदेशिक रोजगारका लागि पठाउने विषयहरु बोलेको भनी उल्लेख गर्दै कानून अनुसार कारबाही समेतको माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP