मंगलबार , भाद्र १६, २०८३

गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित नगरिने बताए ।

बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेपछि भएकाे एक कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट लुम्बीनी प्रदेश सदस्य पुष्पा चौधरी,महासमिती सदस्य बिमल ढकाल, प्रदेस प्रतिनिधी भिम प्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे , सचिव कमल गुरुङ ,वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मी,वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोले प्रसाद चौधरी , १९ का अध्यक्ष पदका उम्मेदवार मिन प्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।

खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताए ।

धर्म, जातजाति, क्षेत्रीयता, लिग र भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्दे सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताए ।

@nagarikonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP