आइतबार , बैसाख २१, २०८२

गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित नगरिने बताए ।

बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेपछि भएकाे एक कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट लुम्बीनी प्रदेश सदस्य पुष्पा चौधरी,महासमिती सदस्य बिमल ढकाल, प्रदेस प्रतिनिधी भिम प्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे , सचिव कमल गुरुङ ,वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मी,वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोले प्रसाद चौधरी , १९ का अध्यक्ष पदका उम्मेदवार मिन प्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।

खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताए ।

धर्म, जातजाति, क्षेत्रीयता, लिग र भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्दे सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताए ।

@nagarikonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP