मंगलबार , बैसाख २९, २०८३

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गरेका छन् ।

बुटवलको चौराहा (लखन चोक)मा रहेको शालिकमा माल्यार्पण गर्दै सोमबारको घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुग्नु भएका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यणपण गर्दै श्रद्धासुमन ब्यक्त गरे ।

नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले आजको घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उनको भनाइ थियो ।

देशमा जहानीया राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर शहिद भएको उँहाले स्मरण गराउँदै अहिलेको परिवर्तन ल्याउनको लागि शहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

नेपालको प्रथम शहिद लखन थापा नै भएको बताउँदै उनले अहिले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट प्रथम शहिदको बारेमा भ्रम छर्ने काम भएकोमा दुख ब्यक्त गरे ।

ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संङ्घे रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए । सोमबार बिहान बुटवल वडा न ८ को घरदैलो कार्यक्रम गठबन्धनले गरेको छ ।

मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले घर घरमा पुगेर भोट माग्ने मात्र नभएर जनताको गुनाशो पनि सुन्दै आउनु भएको छ । बुटवल वडा नं ७ ,८ मा खानेपानीको अझैं समस्या रहेको स्थानीयले गुनाशो पोखेका छन ।

स्थानीय सरकार आएको पाँच वर्षमा पनि बुटवलमा खानेपानीको समस्या सामाधान नभएको स्थानीयले बताएका छन ।
अहिलेका मेयर शिवराज सुवेदी कै वडा नंं ७ मा एकदिन बिराएर बल्ल खानेपानी आउँने गरेको स्थानीयको गुनाशो छ । पानी पर्दा धमिलो पानी धारामा आउँने गरेको छ ।

निर्वाचित भएपछि खानेपानी समस्याको सामाधानमा आफुहरुको पहिलो प्राथमिकता रहने पाण्डेय र गुरुङले बताए ।बुटवलमा पाँच दलीय गठबन्धनले मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उप मेयरमा नेकपा एकृकीत समाजबादी पार्टीका चिन बहादुर गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP