सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको प्रतिवाद गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ओलीले लगाएका आरोपको २३ बुँदामा प्रतिवाद गरेका हुन् । आइतबार एमाले अध्यक्ष ओलीले काँग्रेसको चुनावी घोषणापत्रको खण्डनसहित खनिएपछि काँग्रेस प्रतिवादमा उत्रिएको हो । ६६ बुँदे अपीलमार्फत काँग्रेसमाथि १० बुँदे फायर खोलेपछि प्रवक्ता महतले पनि जवाफ फर्काएका हुन् ।

ओलीलाई फर्काएको जवाफमा काँग्रेसले आफूले गरेका १५ काम र चार बुँदामा आगामी कार्यक्रम समेटेको छ । बाँकी बुँदा भने ओलीलाई जवाफ फर्काउन खर्चिएको हो । यसैगरी प्रवक्ता महतले पत्रकार सम्मेलनमा ओलीले चुनावी अभियानमा राखेका अभिव्यक्तिको पनि जवाफ फर्काएका छन् । महतले संविधान, संसद, अर्थतन्त्र र परराष्ट्रका सन्दर्भमा एमालेमाथि विभिन्न आरोप लगाएका छन् ।

​ओलीले संसद विघटनको घटनामा पनि काँग्रेस दोषी देखाएर झूटमाथि झुट बालेको महतको दाबी छ । लोकतन्त्र स्थापनाको ३२ वर्षमा काँग्रेसले २७ वर्ष सत्ता चलाएको भनेर ओलीले झुट तथ्यांक पेस गरेको महतको दाबी छ । जसमा काँग्रेसले १६ वर्ष ६ महिना मात्र सत्ता सञ्चालन गरेको तथ्य राखेको छ ।

यसअघि पनि काँग्रेस र एमालेबीच घोषणापत्रका सन्दर्भमा आरोप प्रत्यारोप चलेको थियो । ओलीले काँग्रेसको घोषणापत्रलाई ‘पागलको प्रलाप’को संज्ञा दिएपछि काँग्रेस महामन्त्री थापाले पनि काउन्टर जवाफ दिएका थिए ।
https://drive.google.com/file/d/1Wak-6mvPlkKPOmtb99FGcE0OWLPl22XR/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP