सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई ऊर्जा दिने कि आफूलाई टेन्सन दिने फैसला चितवनको जनताको हातमा रहेको टिप्पणी गरेका छन् । आज भरतपुरमा आयोजित सभामा बोल्दै उनले गठबन्धनलाई ऊर्जा दिनका लागि भरतपुर लगायतमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।

‘तपाईंहरु गठबन्धनलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ ?’ प्रचण्डले भने,‘फैसला तपाईंहरुको हातमा छ ।’

विगतमा काँग्रेसका कार्यर्ताहरुले आफूहरुलाई भोट दिन गाह्रो माने भनेरै अर्को गठबन्धनमा गएको सुनाए । उनले भने,‘म जानकारी गराएरै अर्को गठबन्धनमा गएको थिए, धक्का खाएर सिकेको छु ।’

प्रचण्डले अब गठबन्धनबाट दायाँबायाँ नगर्ने प्रतिवद्धता व्यक्त गरे । गठबन्धन टुटेमा देश दुर्घटनामा पर्ने बताए । गठबन्धन टुटेर देश संकटमा परेमा यसका विरोधीहरुले जिम्मेवार लिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP