
२०५८ सालमा पाल्पाबाट नेकपा एमाले पार्टीमा लग्नु भएका पोख्ररेल, नेकपा एमाले वार्ड न. ६ शाखाकमिटि सचिब हुदै उपाध्यक्ष संगै बुटवल वार्ड न.१३ को शाखाकमिटि अध्यक्ष, नगरकमिटि सचिवालय सदस्य एवं बुटवल १३ इन्चार्जको को जिम्मेवारी पाउनु भएको थियो।
हाल नेकपा एमाले बुटवल उप मा न पा नगर कमिटि उपाध्यक्ष को कार्यभार संगै थुप्रै संघ सस्थामा आबद्ध हुनुहुन्छ।
जितेश्वोरी मा बि बिद्यालय ब्यवस्थापन समिति सल्लाकार, लायन international ३२५ डिस्ट्रिक चिफ, आस्था बहूउदेश्य शहकारी सस्थाको अध्यक्ष, जितेश्वोरी सामुदायिक वन को सल्लाकार , भूमिहीन सुकुम्बासी आयोग नगर कार्यपालिका सदस्य जस्ता धेरै संघ सस्थामा वहाको प्रतक्ष सहभागिता रहेको छ।
बुटवल १३ निवासी समाजसेवी युवा राजन गौडेल पनि एमाले नेता शोभाखर पोख्ररेल लाइ सहयोग गर्दै आउनु भएको छ।
बुटवल उप मा न पा १३ काे स्थानीय निर्वाचन २०७९ काे सिलसिलामा वडाध्यक्षका आफ्नो उमेद्ववारी नेकपा एमाले बाट दिनु भएका युवा उमेदवार शाेभाकर पाेखरेलसँग गरिएको कुराकानीकाे अंश :
* निर्वाचन अभियान कसरी चलिरहेकाे छ ?
आजभाेलि हामी पाँचजना उमेदवार घरदैलाे अभियानमा साथीहरुकासाथ छाैँ । क. मन्दिरा गाैडेल,क.कृष्णा सुनार,क.झविन्द्र थापा र दलबहादुर थापाका साथ मेयरपदका उमेदवार बाबुराम भट्टराई, उपमेयर पदका उमेदवार सावित्रा अर्यालसँग जाेडिएर आदरणीय मतदातासँग भेटघाट गर्ने घाेषणा पत्र दिने,आशीर्वाद लिने काममै व्यस्त छाैँ । हाम्राे अभियान निकै सफल बनिरहेकाे छ ।
* अभियानमा हिँड्दा खर्च कसरी चलाइरहनु भएकाे छ ?
याे पटक निर्वाचनकाे समय छाेटाे पनि छ । त्यसले स्वतः खर्च घटाउँछ । अर्काे कुरा याे पटक निर्वाचनलाई वडा नम्बर १३ मा सबैभन्दा कम खर्चमा पाँचैजना नयाँ अनुहारहरु चुनाव जितेर आउँदैछाै । मेयर उपमेयरलाई हाम्राे वडाबाट अत्यधिक मत पाउने आशा गरिएकाे छ । हामीले साह्रै खट्ने सीमित कमरेडहरुलाई चिया नास्ता र दालभात तरकारीकाे साधा खानाकाे प्रबन्ध गरेका छाैँ । हामी निर्वाचनका विकृत परम्परा हटाउँछाैँ ।
* जित्ने आधार के छ ?
पार्टी सङ्गठन, जनवर्गीय सँगठनहरु, आदरणीय नेताज्यूका सल्लाह, निर्देशन, कार्यकर्ताकाे उत्साहपूर्ण सक्रियता विजयका महत्वपूर्ण आधार हुन् । मतदातहरुमा देखिएकाे खुसी, जनसहभागिता र उत्साहपूर्ण लहर देखेर चुनाव जित्ने पक्कापक्की ठानेका छाैँ। विगतले हामीलाई धेरै पाठ सिकाएकाे छ ।हामीले शैली नै बदलेका छाैँ । मतदातालाई मन जित्ने कामहरु गरिरहेका छाैँ । दलहरु बिचकाे द्वन्द्व पुरै घटेकाे छ । सब कुरा शान्तिपूर्ण चलेकाे छ । सहिष्णुता बढेकाे छ । मतदाता ढुक्क छन् । हामीले चाहेकाे समाज बन्दैछ ।
* शैली बदलेका छाै भन्नाले ?
हामी विगतकाेजस्ताे चमकदमक आडम्बर हैन, सरल, विनयशील र मुस्कानसहितकाे भेटघाटमा छाैँ । हाम्राे सरल शैलीले आदरणीय मतदातालाई ज्यादै आकर्षण गरेकाे छ । मतदाता मालिक हुनुहुन्छ । उहाँहरुलाई आज मात्र सम्मान हैन, आगामी पाँच वर्षसम्म नै कृतज्ञता प्रकट गर्दै निरन्तर सम्मान गरिरहन्छाैँ र सेवामा समर्पित भएर लाग्छाैँ । हामी मतदातालाई मालिक र हामीलाई सेवक ठान्नेछाैँ । सहअस्तित्व, समानता, स्वतन्त्रताकाे जग बलियाे बनाउँछाैँ । समाजवादी शैली भनेकै यही हाे । मदन भण्डारीले प्रवर्तन गरेकाे जबजकाे सपना हामीले व्यवहारबाट पूरा गर्छाैँ ।
* आजकाे भनाई पछिसम्म रहन्न । चुनाव जितेपछि जनप्रतिनिधिहरु धागाे छिँदेकाे चङ्गाजस्ता बेवारिस हुन्छन् भन्छन् नि ?
त्याे जमानालाई बिदाई गर्छाैँ । मतदाताकाे निगरानी, नियन्त्रण र निर्देशन बलियाे बनाउँदै जनताकाे लाेकतन्त्रकाे रक्षा गर्छाैँ । किनकि हामी जनताका वारिस हाैँ । जनताका वारिसहरु बेवारिस हुनुहुँदैन,जनताप्रति इमान्दार हुनुपर्छ । हाम्राे टिम इमान्दार हुनेछ । कर्तव्यपरायण रहनेछ । लक्ष प्राप्तिकाे लागि अर्जुन दृष्टिका साथ लाग्नेछाैँ । भ्रष्टाचार विरुद्ध मतदातासँग मिलेर स्वच्छ समाज बनाउन यहाँहरुका अगाडि सार्वजनिक रुपमा शहिदलाई सम्झेर शपथ लिन्छु ।
* प्रतिपक्षलाई के भन्नु हुन्छ ?
प्रतिपक्ष सत्ताकै अभिन्न अङ्ग हाे । प्रतिपक्षसँग प्रतिस्पर्धा र एकता रहिरहन्छ । विगतमा अध्यक्ष
लगायत सबै जनप्रतिनिधिहरुले स्थापना गरेकाे असल आदर्शलाई पछ्याउनेछाैँ । उहाँहरुका अधुरा सपना पूरा गर्छाैँ । हामी विगतकाे जस्ताे गालीकाे राजनीति गर्दनाैँ । आगामी ५ वर्षसम्म उहाँसँग अनुभव लिदै प्रतिबद्धता पत्रमा उल्लेखित याेजना पूरा गर्न सहकार्य गर्छाै । प्रतिपक्षकाे काम हामीलाई निरन्तर ओैंला ठड्याउनु हाे । त्याे उसकाे कर्तव्य हाे । पतिपक्षमा रहँदा हामीले पनि त्यही गरेका थियाैँ । सबै दलसँग विचारमा प्रतिस्पर्धा गर्छाै तर विकासमा सहकार्य गर्छाैँ । याे हाम्राे नयाँ सँस्कृति हुनेछ । याे नै जबजकाे सँस्कृति हाे ।
* जनतालाई विकास चाहिएकाे छ, के छ प्रतिबद्धता पत्रमा ?
हामीले पुराना अधुरा याेजना पूरा गर्ने, सङ्घ प्रदेशका याेजना पूरा गर्न सहजीकरण गर्ने र आगामी याेजनाहरु क्रमबद्ध रुपमा पूरा गर्ने लक्षका साथ अघि बढ्छाैँ । हामीले मतदाताकाे घरघरमा प्रतिबद्धता पत्र दिइसकेका छाैँ । हामी त्यही प्रतिबद्धता पत्रमा टेकेर याे क्षेत्रलाई समृद्ध बनाउँछाैँ । अब विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुँद, मनाेरन्जनका पूर्वाधार पूरा गर्दै पर्यटन प्रवर्द्वन, राेजगारी सिर्जना लगायतका सबै क्षेत्रमा काम गर्छाैँ । हजुरहरुले प्रतिबद्धता पत्र हेरेर खबरदारी गर्नुहाेला । हामी यस वडालाई सम्पन्न बनाउँछाैँ ।