मंगलबार , बैसाख २९, २०८३

भरतपुर महानगरपालिकामा लोकतान्त्रिक-वाम गठबन्धनले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रमबीच प्रमुख पदकी उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।

भरतपुरलाई दक्षिण एसियाकै नमुना शहर र नगरवासीलाई सम्पूर्ण सुविधा उपलब्ध गराउने विशेष योजनासहितको प्रतिवद्धतापत्र ५ दलीय गठबन्धनले ल्याएको हो।

‘विगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।

यो प्रतिवद्धता पत्रमा निर्माणाधीन आयोजना पूरा गर्न, भूमिहीनका समस्या समाधान गर्न, १२ कक्षा सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बीमा कार्यक्रम, स्थानिय सीप, श्रोत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगीकरणमार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधासम्पन्न अस्पताल तथा वृद्ध र अशक्तहरुलाई घरघरमै स्वास्थ्य सेवा पुर्‍याउने उल्लेख छ।

गठबन्धनको प्रतिवद्धता पत्रमा बेरोजगार मुक्त भरतपुरदेखि ७० वर्षमाथिका नागरिकलाई निःशुल्क बससेवा दिनेसमेत उल्लेख गरिएको छ।

प्रतिवद्धता पत्रमा सुशासन र सेवा प्रवाह-डिजिटल महानगर, एशियाली मापदण्डका भौतिक पूर्वाधार, सबैका लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटनःस्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम पनि लागु गरिने उल्लेख छ।

त्यसैगरी गठबन्धनले बेरोजगारीमुक्त भरतपुर, केही महिनाभित्रै विद्युतीय बस सञ्चालन, वन तथा वातावरण र जैविक विविधता‘समृद्धिका लागि वन कार्यक्रम’, सक्षम, स्वस्थ र सुरक्षित महिला एवम् बालबालिकाको हितका विषय पनि प्रतिवद्धता पत्रमा राखेको छ।

यस्तै भरतपुर देशकै खेलकुद केन्द्र, साहित्य, कला र सिर्जना, आदिवासी-जनजातिलाई पहिचान र आत्मसम्मान, भूमिहीनका लागि छत र स्वाभिमान, क्षमता र व्यावसायिकता अभिवृद्धिका लागि आम संचार प्रतिष्ठान, सिँचाइको प्रत्याभूति, विद्युतीय चुल्होमा अनुदान, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम, जेष्ठ नागरिक सम्मान, बालबालिका लक्षित कार्यक्रम, मजदुर लक्षित कार्यक्रम र भगिनी सम्बन्धबारे पनि गठबन्धन बोलेको छ।

८ बुँदे वाचा

महिलासँग वाचाः सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशिलताको ग्यारेन्टी,
भूमिहीनसँगको संकल्पः हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर हुनेछ,
कृषकसँगको प्रतिवद्धताः किसान पेन्सन, बीउदेखि ढुवानीसम्म अनुदान,
उद्यमीसँग वाचाः ‘मेड इन भरतपुर’को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम,
जेष्ठ नागरिकसँग संकल्पः घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण,
व्यवसायीसँग अठोटः देशमै सबैभन्दा राम्रो व्यावसायिक वातावरण,
विद्यार्थीसँग वाचाः निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी
युवाहरूसँगको प्रतिवद्धता : रोजगारी र स्वउद्यमको प्रत्याभूति, प्रविधिमैत्री महानगरको अनुभूति
कार्यक्रममा बोल्दै प्रमुखका उम्मेदवार दाहालले आफ्नो कार्यकालमा पूरा गर्न सकिने विषयलाई प्रतिवद्धता पत्रमा समेटिएको बताइन्।

२०७४ को स्थानीय निर्वाचनमा गरेका प्रतिवद्धता पूरा गर्न सफल भएको भन्दै यसपटक पनि पूरा गर्न सकिने विषयलाई मात्रै प्राथमिकतामा राखिएको बताइन्।

प्रगतिवद्धता पत्र थोरै महत्वाकांक्षी देखिए पनि त्यसलाई केन्द्र र प्रदेश सरकारको साथ र सहयोगमा पूरा गरेरै छाड्ने वाचा उनले गरिन्।

‘मलाई पनि केही बुँदाहरु महत्वाकांक्षी जस्तो लाग्यो तर, त्यसो होइन, त्यति महत्वाकांक्षी भएन भने काम गर्नै सक्दैन, दृढ इच्छाशक्ति र लगाव हुनुपर्छ, म पूरा गर्नतर्फ लाग्छु,’उनले भनिन्।

उपप्रमुखका उम्मेदवार अधिकारीले पनि काम गर्नकै लागि प्रतिवद्धता ल्याइएको बताए।

सबैको सहयोगमा भरतपुर महानगरलाई सुन्दर र विकसित महानगर बनाउने दाबी अधिकारीले गरे।

GhosanaPatraPath-May1.pdf – Google Drive

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP