सोमबार , भाद्र १५, २०८३

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गठबन्धन र एकल उम्मेदवार नभएको स्थानमा नेकपा एमालेका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो। बैठकले विभिन्न ५ वटा निर्णय गरेको महासचिव बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।’

एकीकृत समाजवादीले नेकपा एमालेलाई अवसरवादी र प्रतिगामीको आरोप लगाउँदै आएको छ।

यस्ता छन् अन्य निर्णय :
१) महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने।

२) हामीसँग गठबन्धन भएका सबै पालिका एवं वडामा गठबन्धनका उम्मेदवार जिताउन लागि पर्ने।

३) हामीले एकल उम्मेदवारी दिएको स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागि पर्ने।

४) हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।

५) गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयास गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP