
“यो संसारको सबै भन्दा ठूलो भाइरस मानिस नै हुनेवाला छ । पुतली उज्यालोको मोहमा फँसेर मरे जस्तै, मानिस पनि पैसाको अधिक प्रेममा परेर निकै तल खस्न र त्यतै बस्न के बेर ? ढिलो चाँडो यो हुनेछ अनि मानिस प्रगतिको शिखर छुनेछ तर नर्कको पनि बासी हुनेछ | यो हो मलिलो माटोको एक अंश।
नवोदित उपन्यासकार लेखक सपना आचार्यले आफ्नो पहिलो उपन्यास मलिलो माटोको बिक्रि भएको पैसाबाट आज बुटवलको मानव सेवा आश्रममा आश्रय लिएका ७० जना महिला तथा बाल बालिकालाइ भोजन गराएर आफ्नो जन्म दिन मनाउनु भएको छ | उहा भन्नु हुन्छ “जन्म दिन मनाउन होटेल र रेस्टुरेन्टमा दशौ हजार खर्च गर्नु भन्दा असहाय र दिन दुखि संग मनाउन पाउदा समाजमा एक सकारात्मक संदेश जाने र युवा पुस्तालाई पनि गरिब दिन दुखिलाई सेवा गर्न उत्प्रेरणा मिल्ने छ |”
सो अवसरमा मानव सेवा आश्रम बुटवलकी प्रबन्धक सरु अधिकारीले उहालाई खादा र प्रमाणपत्र दिएर सम्मान गर्दै उहा जस्तो एक महिला अनि युवाले हाम्रो आश्रममा आश्रय लिएर बसेका १० जना बाल बालिका र ६० जना बृद्द, सुस्त मनस्थिति भएका महिलाहरुलाइ बिहानको खाना सहित मिठाइ वितरण गरि जन्म दिन मनाउनु भएकोमा उहा र उहाको कृतिले सफलताको उचाई प्राप्त गरोस र आगामी दिनमा उहाले समातेको प्रेरणादाही मार्ग अरुले पनि अनुसरण गरुन भन्दै जन्म दिन को सुभ कामना दिनु भएको थियो | मलिलो माटो एक नारि प्रधान उपन्यास रहेको र चैत्र महिना मा उत्कृस्ट ८ औ स्थानमा रहेको छ |
