मंगलबार , भाद्र १६, २०८३

बुटवल, रुपन्देही

“यो संसारको सबै भन्दा ठूलो भाइरस मानिस नै हुनेवाला छ । पुतली उज्यालोको मोहमा फँसेर मरे जस्तै, मानिस पनि पैसाको अधिक प्रेममा परेर निकै तल खस्न र त्यतै बस्न के बेर ? ढिलो चाँडो यो हुनेछ अनि मानिस प्रगतिको शिखर छुनेछ तर नर्कको पनि बासी हुनेछ |  यो हो  मलिलो माटोको एक अंश।

नवोदित उपन्यासकार लेखक सपना आचार्यले आफ्नो पहिलो उपन्यास मलिलो माटोको बिक्रि भएको पैसाबाट आज बुटवलको मानव सेवा आश्रममा आश्रय लिएका ७० जना महिला तथा बाल बालिकालाइ भोजन गराएर आफ्नो जन्म दिन मनाउनु भएको छ | उहा भन्नु हुन्छ “जन्म दिन मनाउन होटेल र रेस्टुरेन्टमा दशौ हजार खर्च गर्नु भन्दा असहाय र दिन दुखि संग मनाउन पाउदा समाजमा एक सकारात्मक संदेश जाने र युवा पुस्तालाई पनि गरिब दिन दुखिलाई सेवा गर्न उत्प्रेरणा मिल्ने छ |”

सो अवसरमा मानव सेवा आश्रम बुटवलकी प्रबन्धक सरु अधिकारीले उहालाई खादा र प्रमाणपत्र दिएर सम्मान गर्दै उहा जस्तो एक महिला अनि युवाले हाम्रो आश्रममा आश्रय लिएर बसेका १० जना बाल बालिका र ६० जना बृद्द, सुस्त मनस्थिति भएका महिलाहरुलाइ  बिहानको खाना सहित मिठाइ वितरण गरि जन्म दिन मनाउनु भएकोमा उहा र उहाको कृतिले सफलताको उचाई प्राप्त गरोस र आगामी दिनमा उहाले समातेको प्रेरणादाही मार्ग अरुले पनि अनुसरण गरुन भन्दै जन्म दिन को सुभ कामना दिनु भएको थियो | मलिलो माटो एक नारि प्रधान उपन्यास रहेको र चैत्र महिना मा उत्कृस्ट ८ औ स्थानमा रहेको छ |

साहित्यमा मात्रै होईन समाज सेवा मा पनि उत्तिकै सक्रिय सपना आचार्य एउटा बोल्न नसकेका सबै नारीहरुको प्रतिनिधित्व गरेकी छ्न् । `मलिलो माटो´ उपन्यास साहित्यमा मात्रै होईन समाज सेवामा पनि उत्तिकै स्कृय सपना आचार्य उपन्यास मा जस्तै निचरियका थिचरियका पात्रहरुलाई आफु सक्दो सह्योग् गरि समाजसेवा मा पनि उत्तिकै कृयासिल रहनुभयको छ।  आफु नारी भयकै कारण समाजमा देखेका भोगेका घटनाक्रम ले सधै सोच्न बाध्य बनाउथ्यो आफ्नो उपन्यास बाट बिकृ भयको केहि रकम सकलन गरि गरिब् दुखि असाहाय बृद्धा बाल बालिका जो सडकमा छोडियका थिय तिनिहरुको कोई छैनन् जस्को कोहि छैन उस्को हामि छौ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आगमि दिनहरुमा आफु समाजसेवा गरि गरिब दुखि को शाहारा बन्न कुनै कन्जुस्याई बाकि नराख्ने पनि वहा बताउनु हुन्छ।  नवोदित उपन्यासकार लेखक सपना आचार्यलाई हाम्रो तर्फ बाट पनि जन्मदिनको धेरै धेरै शुभकामना तपाईले हिडेका बाटोहरु सधै सत्कर्म तिर लम्किरहोस |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP