मंगलबार , बैसाख २९, २०८३

वैशाख १७ सुवास गौतम अर्घाखाँची , मिति 2028 माघ 5 गते पिता लोकनाथ गौतम र माता हिमकला गौतमको कोख बाट ५ भाई , सात बहिनी मध्ये कान्छो सुपुत्रको रुपमा साविकको पोखराथोक वडा नं ३ रयलेमा जन्मनु भएका नेकपा एमाले पाणिनी २ अध्यक्ष तथा पाणिनी गाउँपालिका वडा नं २ का उम्मेदवार माधव गौतम एक जुझारू, कर्तव्यनिष्ठ , वौद्धिक , लगनशिल , सक्रिय , निष्ठावान , त्यागी र समाजसेवि व्यक्तित्व हुनुहुन्छ । उच्च माध्यमिक तह उत्तीर्ण गर्नु भएका गौतमले कक्षा ४ सम्मको प्राथमिक शिक्षा गाउँमा रहेको निजका वुवा स्व. लोकनाथ गौतम , स्व. गिरिधारी गौतम , स्व. वुद्धि प्रसाद गौतम आदि समाजसेवि , शिक्षाप्रेमीहरुले स्थापना गरेको श्री चित्ररम्भा प्रा. वि . मा लिनुका साथै माध्यमिक तह (कक्षा १० ) सम्म को शिक्षा पश्चिम नेपालकै पहिलो ऐतिहासिक विद्यालय श्री हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय पोखराथोक मा लिनुभएको थियो । कक्षा ११ को शिक्षा लिन तानसेन पाल्पा प्रस्थान गर्नु भएका गौतम घरको कमजोर आर्थिक अवस्था का कारण जन्मभूमी फिर्ता भई श्री हरिहर संस्कृत तथा साधारण मा . वि . बाट उच्च माध्यमिक तह पुरा गर्नुभएको थियो ।

गौतमको ११ वर्ष उमेर हुदा निजका बुवाको मृत्यु भएपश्चात उहाँ थप परिवारीक जिम्मेवारीमा बाधिनु भयो । थप अध्ययन लाई निरन्तरता दिन असमर्थ गौतम रोजगारीका लागी गौतम बुद्धको जन्म स्थल लुम्बिनी गई जापानले खोलेको ” होटेल होक्के ” र गौतम वुद्धको मुर्ति पसलमा सेल्स म्यानेजरको जिम्मेवारी सहित २७ महिना समय व्यतित गर्नु भयो । रु .१००००० ( एक लाख ) को प्रलोभनमा गौतम संग राम्रो संम्बन्ध भएका जापनिज भिक्षु को हत्या भएपछि गौतम स्तब्ध हुदै पैसा भन्दा ज्यान ठूलो ठानि उक्त स्थानको रोजगारी बाट राजीनामा दिई घर फिर्ता हुनु भएको थियो । घर फिर्ता पश्चात गौतमले पोखराथोक को आफ्रा र लामडाडा मा किराना पसल सन्चालन गर्नु भयो । व्यापारको साथ साथै कृषि तथा पशुपालनमा हात हालेका गौतमले गाउँमा कृषिमा व्यवसायिकरण गर्नु पर्ने अवधारणा ल्याई गाउँका युवा हरुलाई उत्प्रेरित गदै एकल तथा समुहमा व्यवसायिक आलु खेति , व्यवसायीक वाख्रा पालन गदै आउनु भएको छ। निरङ्कुश राजतन्त्र परास्त गरेको दोस्रो जनआन्दोलन २०६२-०६३ मा सक्रिय सहभागी गौतम संविधान सभाको निर्वाचन संविधान सभा पछिको निर्वाचन मा जिम्मेवारी पुर्वक भूमिका निर्वाह गरेका जनताका आखाँमा नबिजाउने पात्र हुनु हुन्छ । गाउँमा पहिले देखी जरा गाडेको निरङकुश शैली अन्याय, अत्याचार , भूमाफिया का विरुद्ध खरो रुपमा प्रस्तुत हुने गौतम समाजमा सबै मिलेर बस्नु पर्ने धारणा भएका मिलन सार परोपकारी व्यक्तित्व हुनुहुन्छ ।

द्वन्द कालिन समयमा अर्घाखाँची को पुर्वि भेगमा रक्षात्मक भूमीका खेलेका गौतम झगडाका विरुद्ध मेलमिलाप सहकार्य सह- अस्तित्व को धारण विकसित गर्ने एक कुशल पात्र हुनुहुन्छ । सार्वजनिक सम्पतिमा आखां लगाउने तत्व को विरुद्ध खरो रुपमा प्रस्तुत हुनुभएका गौतम त्यस्ता गलत कार्य हरु रोक्न सफल पात्रको रुपमा पनि चिनिनु भएको छ। बालक देखी- वृद्ध सबैका प्रिय पात्र गौतम समाजमा पछि परेका दलित ,जनजाति , अल्पसंख्यक , अपाङ्ग , महिला विपन्न वर्ग आदिको उत्थान कै लागि लड्दै आउनु भएको छ । जनताका पिर मर्का घाउमा मलम पट्टि लगाउँदै आएका गौतम ज्येष्ठ नागरिकको नजरमा पनि रुचाइएका व्यक्ति हुनुहुन्छ । पाणिनी २ रयले निबासी ८४ बर्षिय डोलनाथ गौतम का अनुसार माधव गौतम का बुवा स्व. लोकनाथ गौतम समाज सेवि परोपकारी व्यक्ति हुनुहुन्थ्यो र उक्त गुणहरु कान्छो सुपुत्र माधव गौतममा सरेका छन । १०३ वर्षकी आफ्नी माता हिमकला गौतमले आर्शिवाद लिदै शिरमा हात राखेर स्व. बुवा को सपना साकार गरेस चुनाव जितिसके पछि गरिब ,अपाङ्ग ,दलित , जनजाती लगायत निम्न वर्गको काम सबभन्दा पहिला गर्नु , चुनाव जित्छस आशिर्वाद बावु भनेको गौतम वताउनु हुन्छ ।

स्व. बुवा लोकनाथ गौतमले निमार्ण गरेको सन्तानेश्वर शिवालय मन्दिर मा गएर चुनाव जिति सके पछि आफुले पाउने ३० महिना वरावरको रकम वृद्ध, आमा बुवा , अपाङ्ग , जनजाती पिछडिएको क्षेत्र मा सो रकम खर्च गर्ने वाचा गरि चुनावीप्रचार प्रसार मा हुुनुहुन्छ । एक पटक मलाई अवसर दिनुस पोखराथोक वासिहरुले दिएको जिम्मेवारी कुशलता पुर्वक गर्ने छु भनेर जनार्दन जनता माझ पुग्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP