मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आसन्न स्थानीय तह चुनावमा काठमाडौं महानगरको मेयरका लागि सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका युवा हुन् बालेन्द्र शाह उर्फ बालेन । सुरुमा उनको उम्मेदवारीलाई खासै गम्भीरतापूर्वक लिइएको थिएन । तर, आजका दिनसम्म आइपुग्दा उनले सोसल मिडिया र मिडियामा व्यापक चर्चा पाइरहेका छन् भने युवा पुस्ता छिचोल्दै बौद्धिक जनमतको पनि ध्यानाकर्षण गर्न सफल भएका छन् ।

गैरराजनीतिक व्यक्ति, खासगरी सेलिब्रिटीहरु चुनावी दौडमा सामेल भएर क्षणिक हाइलाइटमा आउनु कुनै नौलो कुरा होइन । मिडियाले दिने स्पेसले गर्दा तत्काल ‘हाइप’ बनाए पनि मतदाताको मन जितेर चुनावमा जीत हासिल गर्ने कुरा भने उनीहरुका निम्ति दुरुह नै हुन्छ । नेपालमा थुप्रै सेलिब्रिटीहरुले विभिन्न पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा अघि बढाएका छन् । तर, खासै उचाइमा पुग्न सकेका छैनन् ।

बालेनको कुरा गर्दा उनी कलाकारितामा ठूलो नाम कमाइसकेका व्यक्ति होइनन् । उनी एक औसतस्तरका र्‍यापर हुन् । नेपालमा र्‍याप सुन्ने दर्शक/स्रोतको समूह साँघुरो छ । त्यो समूहबाहिर उनी परिचित थिएनन् । काठमाडौंको मेयरमा चुनाव लड्ने घोषणापछि मात्रै धेरैले उनको नाम सुनेका छन् । युवाहरुको सानो समूहमा कमाएको क्रेजकै बलमा चुनाव जित्ने सपना बालेनले पक्कै देखेका होइनन् । तर, यो बीचमा दिएका अन्तर्वार्ताहरुमा अभिव्यक्त विचारबाट उनले आफूलाई सिरियस क्यान्डिडेटका रुपमा उभ्याउन सफल भएका छन् ।

उनको क्षेत्रका युवाहरु आफ्नै दुनियाँमा मस्त हुन्छन् । देशमा के भइरहेको छ भनेर खासै चासो राख्दैनन् । राजनीति भनेपछि त पहिल्यै अनुहार बिगार्छन् । कतिलाई देशको राष्ट्रपतिको नाम सोध्यो भने पनि भन्न नसक्लान् ।

उनको क्षेत्रका युवाहरु आफ्नै दुनियाँमा मस्त हुन्छन् । देशमा के भइरहेको छ भनेर खासै चासो राख्दैनन् । राजनीति भनेपछि त पहिल्यै अनुहार बिगार्छन् । कतिलाई देशको राष्ट्रपतिको नाम सोध्यो भने पनि भन्न नसक्लान् । बोलीपिच्छे ‘फक’ उच्चारण गर्ने जमातका बीचबाट निस्केर बालेनले काठमाडौं महानगरपालिकाको नेतृत्व गर्ने महत्वाकांक्षा देखाएका छन् । उनको उम्मेदवारीलाई एउटा तन्नेरीको देश बनाउने हुटहुटीका रूपमा सकारात्मक मान्न सकिन्छ ।

बालेनले चुनाव आएपछि अचानक ओछ्यानबाट उठेर उम्मेदवारी घोषणा गरेका होइनन् । उनले यसका लागि लामो तयारी गरेका थिए, जुन उनको प्रस्तुतिमा पनि देखिन्छ । बालेनले अन्तर्वार्ताहरुमा बताएअनुसार उनी २०७४ सालकै स्थानीय चुनावमा उठ्ने सूरमा थिए । तर, त्यसबेला वैकल्पिक शक्तिका रुपमा प्रचारित साझा र विवेकशील पार्टीमा भरोसा राखेर रोकिएको उनको भनाइ छ ।

विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शना र साझाका किशोर थापाले अघिल्लो स्थानीय तह चुनावमा राम्रै हलचल ल्याएका पनि थिए । एमाले र कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै रञ्जुले २३ हजार बढी भोट ल्याउँदा किशोरले १८ हजार भोट कटाए । यी दुईको कूल भोट ४२ हजार हुन आउँछ । कुनै पनि राजनीतिक दलप्रति रुझान नराख्ने युवा मतदाताहरुले रञ्जुलाई भोट दिएका थिए । बौद्धिक तप्काको मत किशोरलाई परेको थियो । उक्त चुनावमा यदि साझा र विवेकशील मिलेर दुईमध्ये एकलाई उम्मेदवार उठाएको भए नतिजा फरक आउन पनि सक्थ्यो भन्ने धेरैको विश्वास छ ।

रञ्जु र किशोरले त्यसबेला पाएको भोट अहिले काठमाडौंको चुनावमा निर्णायक हुनसक्ने मानिएको छ । सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका छन् । बालेनले कति भोट ल्याउलान् भन्ने कौतुहल धेरैलाई छ । विगतमा साझा र विवेकशीललाई गएको भोटको कति प्रतिशत उनले पाउलान् त ?

उनी २०७४ सालकै स्थानीय चुनावमा उठ्ने सूरमा थिए । तर, त्यसबेला वैकल्पिक शक्तिका रुपमा प्रचारित साझा र विवेकशील पार्टीमा भरोसा राखेर रोकिएको उनको भनाइ छ ।

२२ वर्षको उमेरमा रञ्जुलाई विवेकशीलले मेयरको टिकट दिँदा भयंकर ‘भाइब्रेसन’ आएको थियो । युवाहरु तरंगित बनेका थिए । सामाजिक सञ्जालदेखि सडकसम्म आशालाग्दो माहोल थियो । बालेनको उम्मेदवारीले पनि त्यस्तै तरंग ल्याएको छ । त्यसबेला रञ्जुलाई भोट दिने समूह अहिले बालेनतिर आकर्षित भएको छ । क्षमताकाे हिसाबले बालेन रञ्जुभन्दा उम्दा लाग्छन् । उनी बौद्धिकताको लेपन गरिएका रञ्जु दर्शना हुन् भन्दा फरक नपर्ला । युवालाई मात्र नभएर राजनीतिकरुपमा तटस्थ बाैद्धिक तप्कालाई पनि आकर्षित गर्न सक्ने क्षमता उनमा छ । त के उनले साँच्चै मेयरको रेसमा ठूलो सरप्राइज रिजल्ट निकाल्न सक्लान् ? असम्भव छैन, तर औधि कठिन छ ।

रञ्जुको पछाडि सानो भए पनि राजनीतिक शक्ति थियो । बालेनसँग त्यो छैन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो झनै चुनौतीपूर्ण हो । उम्मेदवार को–को छन् भन्ने मतलबै नराखी चुनाव चिन्हमात्रै हेरेर भोट हाल्ने जमात निकै ठूलो छ देशमा । हजुरबाको पालादेखि एउटै पार्टीमा भोट हाल्दै आएकोमा गर्व गर्नेहरु धेरै छन् । यस्तोमा ठूला र स्थापित दलका उम्मेदवारलाई पाखा लगाएर मेयर सपना पूरा गर्ने कुरा बालेनका लागि सियोले घोपेर बाघ मार्नुजस्तै कठीन हुन सक्छ ।

काठमाडौंलाई कस्तो बनाउने भन्ने स्पष्ट भिजन पनि उनीसँग छ । उनी आफै काठमाडौंका स्थायी बासिन्दा पनि हुन् । सिभिल इञ्जिनियरङमा स्नातक र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तरको अध्ययन गरेकाले भौतिक पूर्वाधार निर्माणको विज्ञता हुने नै भयो । शालिन र तार्किक रुपमा प्रस्तुत भएर आफ्ना मान्यताको दृढ वकालत गर्न सक्छन् ।

बालेन एक क्षमतावान युवा हुन् । उम्मेदवारी घोषणायता दिएका अन्तर्वार्ताहरु सरसर्ती सुन्दा उनमा उच्चस्तरको बौद्धिकता झल्किन्छ । काठमाडौंको सहरी बसोबास, रीतिरिवाज, सम्पदा र सभ्यताका बारेमा जानकार छन् ।

काठमाडौंलाई कस्तो बनाउने भन्ने स्पष्ट भिजन पनि उनीसँग छ । उनी आफै काठमाडौंका स्थायी बासिन्दा पनि हुन् । सिभिल इञ्जिनियरङमा स्नातक र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तरको अध्ययन गरेकाले भौतिक पूर्वाधार निर्माणको विज्ञता हुने नै भयो । शालिन र तार्किक रुपमा प्रस्तुत भएर आफ्ना मान्यताको दृढ वकालत गर्न सक्छन् । काठमाडौंका अन्य मेयर उम्मेदवारहरुसँग तुलना गर्दा उनी धेरै पक्षमा बलिया देखिन्छन् ।

बालेनसँग एउटै अपूर्णता छ– राजनीतिक पृष्ठभूमि र अनुभव । उनको पछाडि बलियो राजनीतिक शक्ति छैन । कार्यकर्ताको पंक्ति छैन । जनाधार छैन । महावीर पुन, डा. सन्दुक रुइत, भीम उपाध्याय जस्ता केही फिगर र केही को समर्थनले चुनावै जित्ने गरी जनमत उराल्न सक्दैन । सामाजिक सञ्जालमा उनीप्रति सदासयता जतिले देखाएका छन्, उनीहरुमध्ये धेरै काठमाडौंका भोटर नै होइनन् । जो वास्तविक भोटर छन्, उनीहरुसम्म बालेन पुग्नै बाँकी छ ।

गैरराजनीतिक व्यक्तिको एउटा कमजोरी के पनि हुन्छ भने उनीहरुले चुनावी छक्कापञ्जालाई राम्ररी बुझेका हुँदैनन् र बाहिरको माहोलबाट बहकिन्छन् । बालेनमा पनि अहिले त्यस्तै अतिरिक्त उत्साह देखिएको छ । केही दिनअघि उनी एक कार्यक्रममा भाग लिन जाने क्रममा सुपरस्टार शैलीमा ५–६ जना ‘अंगरक्षक’ को स्कर्टिङमा हिँडेको भिडियो भाइरल भएको थियो ।

काठमाडौंका मतदाताले नेवार अनुहार खोज्छन् भन्ने पनि मान्यता राखिन्छ । त्यही भएर सबै दलले सकभर नेवार समुदायबाट उम्मेदवार बनाउने गर्छन् । बालेनले त्यो मान्यतालाई पनि चिर्नुपर्ने छ । काठमाडौंका मतदाता जात होइन, योग्यता र क्षमता हेरेर भोट हाल्छन् भन्ने उनले सावित गर्नुपर्ने छ । नेवा संस्कृति र सभ्यताको गहिरो ज्ञान आफूसित भएकाले त्यो जनमत आकर्षित गर्ने दाबी बालेनले गरेका छन् ।

गैरराजनीतिक व्यक्तिको एउटा कमजोरी के पनि हुन्छ भने उनीहरुले चुनावी छक्कापञ्जालाई राम्ररी बुझेका हुँदैनन् र बाहिरको माहोलबाट बहकिन्छन् । बालेनमा पनि अहिले त्यस्तै अतिरिक्त उत्साह देखिएको छ । केही दिनअघि उनी एक कार्यक्रममा भाग लिन जाने क्रममा सुपरस्टार शैलीमा ५–६ जना ‘अंगरक्षक’ को स्कर्टिङमा हिँडेको भिडियो भाइरल भएको थियो । उम्मेदवार घोषणा गर्दा नै यस्तो तुजुक देखाउनेले यदि चुनाव नै जिते भने के–के गर्लान् भन्ने टिप्पणीहरु सामाजिक सञ्जालमा गरिए ।

हालै एक अन्तर्वार्तामा बालेनलाई चुनावमा कति भोट ल्याउने आशा छ भनी सोधियो । यसमा उनले स्ट्रेटफरवार्ड जवाफमात्रै दिएनन्, फ्याट्टै अंक नै भनिदिए– ९०,८३५ । क्याल्कुलेटरबाट हिसाब निकालेझैं गरी उनले यसरी आफूले पाउने भोट संख्या भन्नु अति आत्मविश्वासमात्र नभएर हास्यास्पद हो । राजनीति भनेको अंकगणित होइन ।

मेयर भनेको राजनीतिक नभएर प्रशासकीय पद हो भन्ने बालेनको तर्क छ । यो अर्धसत्य हो । मेयरको कुर्सीमा बस्ने व्यक्तिसँग व्यवस्थापकीय दक्षता, नेतृत्व क्षमता, विकासको भिजन महत्वपूर्ण हुन्छ । तर, ती सँगसँगै राजनीतिक गुण पनि हुनैपर्छ । स्थानीय तहमा निर्वाचित भएर आएकाहरु सबैजसो कुनै न कुनै दलको प्रतिनिधित्व गरेर आएका हुन्छन् । उनीहरु सबैलाई मिलाएर लैजान पनि राजनीतिक सुझबुझ चाहिन्छ । केन्द्रसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ । त्यसका निम्ति पनि राजनीतिक गुण चाहिन्छ । त्योभन्दा अगाडि चुनाव जित्न नै थुप्रो राजनीति गर्नुपर्छ ।

आफूलाई मतदाताले विश्वास गर्ने कारणबारे बालेनले गज्जबको तर्क गरेका छन् ।

उनी भन्छन्, ‘बाबुराम भट्टराई, रेखा थापा र रञ्जु दर्शनामा आआफ्नो योग्यता छन् । एकजना विज्ञ इञ्जिनियर हुन् । अर्को दिग्गज कलाकार हुन् र तेस्रो उत्साही युवा हुन् । अब तीनैजनाको क्वालिटी एउटैमा पाउनुभयो भने तपाईं के गर्नुहुन्छ ?’

बालेनले हिजो मनोनयन दर्ताअघि आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरे । उनको प्रतिबद्धतापत्रमा एकदमै मौलिक र नयाँ चिज केही पनि छैन । तर, अरु दलको भन्दा अलि फरक छ । उनले नगरवासीलाई ठूला सपनाहरु देखाएका छैनन् । नचाहिँदा आश्वासनहरु बाँडेका छैनन् । कुनै पृष्ठभूमि नबाँधिकन आफ्ना प्रतिबद्धताहरुलाई बुँदागत सरासर लेखेका छन् ।
बालेनको चुनावी नारा पनि पृथक छ ।

र्‍याप शैलीको लेखिएको नारा यस्तो छः
हाम्रो नगरमा अहिले हामी गरौं
अरुले पछि गर्लान् पहिले हामी गरौं
अहिलेसम्म दलले गरे
अब बदल्नेले गरौंं ।

@nepalpress

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP