मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियामा हिजो विभिन्न कार्यक्रमसहित सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरुको सम्झनामा “Anzac Day” मनाइयो। अष्ट्रेलियामा सेवा गर्ने क्रममा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरु प्रति सम्मान प्रकट गर्न अप्रिल १५ मा एन्जाक डे मनाउँदै आइएको हो ।

कोभिड–१९ महामारीले २०२० र २०२१ को एन्जाक डे का सबै कार्यक्रहरु प्रभावित भएका थिए । दुई वर्षपछि आज पहिलो पटक अष्ट्रेलियाली नागरिकको उल्लेखनिय सहभागितामा प्रभातफेरी कार्यक्रम सम्मपन्न भएको छ । आजभन्दा १०७ वर्षअघि पहिलो विश्वयुद्धमा अस्ट्रेलिया र न्युजिल्यान्डका सैनिक टर्कीको ग्यालिपोली प्रायद्वीपमा अवतरण गरेर एन्जाकहरूलाई आठ महिना पछि पराजित गरेको हादुरी सैन्य बलिदानको स्थायी प्रतीकका रुपमा एन्जाक डे ले निरन्तरता पाउँदैआएको छ ।

डार्विनको बम विष्फोट, सिंगापुरको पतन र पपुवामा जापानी सेनाहरू विरुद्ध कोकोडा ट्र्याक अभियान सहित दोस्रो विश्वयुद्धको समयमा अस्ट्रेलियाका लागि निर्णायक क्षणहरूको ८० औं वार्षिकोत्सवका रुपमा पनि एन्जाक डे लाई लिने गरिन्छ । पहिलो राष्ट्रिय कार्यक्रम सिडनीको मार्टिन प्लेस सेनोटाफमा अन्जाक सेनाहरू अवतरण भएको दिन April 25, 1915 मा आयोजना गरिएको थियो ।

बिहानै क्यानबेराको अष्ट्रेलियाली युद्ध स्मारकमा पुगेर नौसेनासहितका उच्च पदस्थ अधिकारीहरुले माल्र्यापण गरेका थिए । राज्यका लागि योगदान दिने क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा ब्रिजबेन, सिड्नी, मेलवर्न, क्यानबेरा लगायतका देशका विभिन्न स्थानमा प्रभातफेरीको आयोजना गरिएको थियो ।

डार्विन स्थित Anzaz parade ground मा पनि अष्ट्रेलियन प्रधानमन्त्री Scott Morrison को उपस्थितिमा Anzaz day मनाइयो।

प्रमुख एयरक्राफ्टम्यान ट्यारिन रोचले क्यानबेराको अस्ट्रेलियन युद्ध स्मारकमा माल्र्यापर्ण गर्दै एकअर्काप्रतिको प्रतिबद्धता र त्यागबाट अष्ट्रेलियालीका लागि योगदान दिनेहरुले चाहेको बाटोमा आफूलाई समर्पित गर्न सबैलाई सार्वजनिक आह्वान गर्नुभयो । प्रभावतफेरी लगायतका “Anzac Day” समारोहमा हजारौँ नागरिकसहित उच्च पदस्थहरुको उपस्थिति देखिएको छ ।

Photo: Aakash Budhathoki (Darwin)/ Chandra prakash Gurung

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP