शुक्रबार , बैसाख १९, २०८२

सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई भने, ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ । चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पङ्क्तिलाई निर्देशन गरिने निर्णय भएको छ ।’

गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँड भएको पोखरा र भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताबाट बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने जगन्नाथ पौडेलले घोषणा गरेका छन् ।

यस्तै पोखरामा काँग्रेसका नेता विमलबहादुर कार्कीले पनि बागी उम्मेदवारी दिएका छन् । यस्तै ललितपुरमा गठबन्धनका निर्णय विपरीत एकीकृत समाजवादीले प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारी दर्ता गरेकाहरूको फिर्ता गर्न लगाउने र तयारीमा रहेकाहरुलाई रोक्न लगाउने उनको भनाइ छ । यस्तै बैठकले आ–आफ्नो निकायलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न निर्देशन दिने बैठकले निर्णय गरेको कार्कीले बताए ।

साथै उम्मेदवारी दर्ता गर्दा गठबन्धन दलहरु मिलेर गर्ने निर्णय पनि गरिएको उनले बताए । केही जिल्लामा गठबन्धन दलबीच सहमति जुट्न नसकेर आपसी प्रतिस्पर्धामा उत्रिएको विषयमा पनि छलफल भएको उनले बताए । ‘कुनै जिल्लामा सिट बाँडफाँट मिलेन भने पाँच दलको सहमतिमा आपसी प्रतिस्पर्धा हुन सक्छ’ मन्त्री कार्कीले भने, ‘तर गठबन्धनभन्दा बाहिर गएर चुनावी तालमेल गर्न पाइने छैन । यसका लागि गठबन्धनमा सम्बद्ध सबैलाई कडा निर्देशन दिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP