मंगलबार , असार ३, २०८२

काठमाडौं / स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो ।

उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख, उप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।

गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगर पालिकाको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ । उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ । जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ ।

यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो । समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP