शुक्रबार , बैसाख १९, २०८२

काठमाडौँ — भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेलका लागि छलफल सुरु भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा छलफल भइरहेको राप्रपा स्रोतले जनाएको छ ।

‘यस विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको नेतृत्वसँग छलफलमा हुनुहुन्छ । सहमतिको अन्तिम चरणमा छौं,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल हुन्छ ।’

एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको सचिवालय बैठकले ५ महागरपालिकाको मेयर तथा ३ उपमेयरको नाम टुंग्याएको छ । एमालेले काठमाडौं, पोखरा र ललितपुर महानगरपालिको मेयर र उपमेयरको अन्तिम टुंगो लगाए पनि भरतपुर र वीरगन्जमा मेयरमात्रै टुंग्याएको हो ।

वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्ने निर्णय यसअघि नै भइसकेको छ । शनिबार साँझ भएको बैठकपछि एमालेका प्रचार विभागमा प्रमुख पृथ्वीसुब्बा गुरुङले भरतपुरमा उपमेयर तोकिन बाँकी रहेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP