मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेलका लागि छलफल सुरु भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा छलफल भइरहेको राप्रपा स्रोतले जनाएको छ ।

‘यस विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको नेतृत्वसँग छलफलमा हुनुहुन्छ । सहमतिको अन्तिम चरणमा छौं,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल हुन्छ ।’

एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको सचिवालय बैठकले ५ महागरपालिकाको मेयर तथा ३ उपमेयरको नाम टुंग्याएको छ । एमालेले काठमाडौं, पोखरा र ललितपुर महानगरपालिको मेयर र उपमेयरको अन्तिम टुंगो लगाए पनि भरतपुर र वीरगन्जमा मेयरमात्रै टुंग्याएको हो ।

वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्ने निर्णय यसअघि नै भइसकेको छ । शनिबार साँझ भएको बैठकपछि एमालेका प्रचार विभागमा प्रमुख पृथ्वीसुब्बा गुरुङले भरतपुरमा उपमेयर तोकिन बाँकी रहेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP