मंगलबार , बैसाख २९, २०८३

काठमाडौं, ७ वैशाख । सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ । मङ्गलबार दिनभर छलफल पछि राति १० बाट विहान २ बजेसम्म बसेको बैठक लगभग सहमति नजिक पुगेको हो ।

सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली काँग्रेसबाट मेयर, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् । उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् ।

उपमहानगरपालिकाहरुमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा काँग्रेस, जितपुर सिमरा र घोराहीबाट माओवादी, हेटौंडामा नेकपा एसले मेयरको साझा उम्मेदवार उठाउने सहमति बनेको छ । नेपालगञ्जमा जसपाको दाबी छ । जनकपुरमा पनि कुरा मिल्न सकेको छैन ।
जितपुर सिमरा, हेटौंडा, घोराहीमा काँग्रेसबाट उपमेयर, धरान र धनगढीमा नेकपा माओवादी केन्द्रका उपमेयर, इटहरी, बुटबल र तुलसीपुरबाट नेकपा एसका उपमेयर र कलैयामा जसपाका उपमेयरका साझा उम्मेदवार हुनेछन् ।

२०७४ मा उपमहानगरपालिकाहरुमा धरान, इटहरी, जितपुर सिमरा, हेटौंडा, बुटवल, घोराही, तुलसीपुरबाट एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । जनकपुरमा तत्कालीन तमलोपाले मेयर र उपमेयर नै जितेको थियो । काँग्रेसले कलैया र धनगढीमा मेयर र उपमेयर, नेपालगञ्जमा उपमेयर जितेको थियो ।

२०७४ मा ललितपुर र विराटगरबाट काँग्रेसले मेयर र उपमेयर, वीरगञ्जमा तत्कालीन संघीय समाजवादी पार्टी, भरतपुरमा माओवादीले मेयर जितेको थियो । काठमाडौंबाट एमालेले मेयर र पोखरामा मेयर र उपमेयर दुवै जितेको थियो । काँग्रेसले वीरगञ्ज, भरतपुर र काठमाडौंमा उमपेयर जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP