सोमबार , भाद्र १५, २०८३

सल्लेरी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार आङकाजी शेर्पा सोमबार एमालेमा प्रवेश गरेका छन् ।

नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितको समूह लिएर उनी एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता शेर्पाको समूहलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का पूर्व भौतिक पुर्वाधारमन्त्री अम्बिरबाबु गुरुङसहितका नेता सोलुखुम्बु गएका थिए ।

सोही कार्यक्रममा माप्य दूधकोशी गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु दिनेश कुमार राई र सगुजीत राई पनि एमालेमा प्रवेश गरेका छन् ।

सोलु दूधकुण्ड नगरपालिकाको मेयरमा अघिल्लो चुनावमा एमालेका आङ इगेले शेर्पा १५० मतले पराजित भएका थिए । कांग्रेसका नाम्गेल शेर्पाले २७५१ मत पाएर मेयर जित्दा एमालेका शेर्पा २६०१ मतमा रोकिएका थिए ।

उपमेयर भने एमालेकी कल्पना राईले जितेकी थिइन् । योहो टेलिभिजनका अध्यक्ष समेत रहेका काजी शेर्पा कांग्रेसबाट मेयरको प्रमुख दाबेदार थिए । तर जिल्लामा उनी बलवहादुर केसी पक्ष रहेको र देउवा पक्षले उनलाई अघि सार्न नमानेपछि एमाले प्रवेश गरेको बताइएको छ ।

शेर्पालाई एमालेले नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP