मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियामा आगामी मे २१ मा आम चुनाव हुने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले आगामी आम निर्वाचनको मिति घोषणा गरेका हुन्।

प्रधानमन्त्री मोरिसनले गभर्नर जनरलसँगको छलफलपछि आम चुनावको मिति तय गर्दै आम सर्वसाधारणलाई मतदान गर्न आग्रह गरेका छन्।

सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ।

सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

राजनीतिक विश्लेषकका अनुसार ‍पछिल्लो समय प्रधानमन्त्री स्कट मरिसनमाथि केही आरोप लागेसँगै उनको लोकप्रियता घटेको छ।

चुनावी सर्वे अनुसार अस्ट्रेलियामा यो आम चुनावबाट विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने आँकलन गरिएको छ।

यद्यपी विगतको चुनावी सर्वेक्षणमा पराजित हुने आशंका बाबजुत स्कट मोरिसनले चुनाव जितेका थिए।

अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन्। प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ। तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ । कुल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP