शनिबार , भाद्र १३, २०८३

होबार्ट/आगामी अप्रिल २३ शनिवारदेखि तास्मानियामा नेपाली क्रिकेट टि २० लिग हुने भएको छ । तास्मानिया नेपलिज क्रिकेट एशोसियसन टिएनसिएले पहिलो पटक लिगको आयोजना गर्न लागेको हो । लिगमा तास्मानियाका ६वटा नेपाली क्रिकेट टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । लिगको उद्घाटन खेल लन्चेष्टरमा भने फाइनल खेल भने मे १ तारिखमा होबार्टमा हुने आयोजकले जानकारी दिएको छ ।

लिगमा तास्मानियाका लन्चेष्टर नेपाली क्रिकेट क्लब, नया, काठमाडौ वारियर, गोरखा लेजेण्ड, एक्सर्ट र यति क्रिकेट क्लब सहभागी हुने तय भएको छ । विजेता टिमले २ हजार र उपविजेताले १५ सय डलर नगद पुरस्कार पाउनेछन् । लिगको प्रयोजकमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्डा माइग्रेसन तास्मानिया रहेको छ ।

सन् २०१९ मा गठन भएको टिएनसिएले यसपाली पहिलो पटक लिगको आयोजना गर्न लागेको हो । यसअघि आयोजना गर्ने भनिएपनि कोभिडका कारणले सफल हुन नसकेको टिएनसिएका अध्यक्ष पुनम पन्तले जानकारी दिनुभयो । नेपाली समाजलाई खेलको माध्यमबाट जोड्नका लागि लिगको आयोजना गरिएको पन्तले जानकारी दिनुभयो ।

राज्य सरकारसंग मिलेर नजिकबाट काम गरिरहेकाले कोभिडको बेलामा टिएनसिएले नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि १० हजार डलर सहयोग समेत प्राप्त गरेको पन्तको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP