मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सत्ता गठबन्धनमाथि खनिएका छन् । उनले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा गठबन्धन खडा गरिएको भन्दै सो गठबन्धन आफ्नै पापको भारीले किचिँदै गरेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले गठबन्धन चुनाव सार्ने बहानामा रहेको आरोप लगाएका छन् । विभिन्न बहानामा निर्वाचन सके टार्ने–नभए सार्ने अन्तिम आपराधिक योजनामा गठबन्धन आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोसिसमा रहेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिँदैछ । विभिन्न बहानामा निर्वाचन सके टार्ने –नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस गर्न खोजिँदैछ ।’ उनले यसतर्फ सावधान हुनु र सबैतिरबाट खबरदारी गर्नु जरूरी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP