मंगलबार , असार ३, २०८२

३ वैशाख,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् ।

उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनःस्थापन, सम्बर्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले शनिबार बुटवलमा बयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैंका लागि अन्त्य भएको दाबी गरे ।

थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए । कांग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुश्मनी नभएको बताएका थापाले त्यो पार्टीको अहिलेको तामझाम धनी बाउले कमाएको सम्पत्तिमा छोराछोरी रमाएको जस्तो मात्रै भएको टिप्पनी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP