सोमबार , भाद्र १५, २०८३

पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानीय नेताले अस्वीकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

अपरान्ह २ बजे सानेपास्थित केन्द्रीय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागबण्डामा कुन–कुन आधारमा गर्ने र काँग्रेसलाई कुन–कुन भागमा पर्ने हो ? सो बिषय टुंग्याउन कोशिश गर्नेछ ।

‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यतः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागवन्डालाई कसरी ब्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवश्यक निर्णय लिनेछ ।’

सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागवण्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन । जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन । आगामी ५ बैशाख भित्र स्थानिय तहको भागवण्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP