शुक्रबार , भाद्र १२, २०८३

नायक अनमोल केसीले आफ्नो आठौ फिल्ममा आएर अभिनयमा पनि तारिफ पाएका छन् । यसअगाडि अनमोलको अभिनय भन्दा पनि उनको चकलेटी अनुहारको मात्र चर्चा हुने गरेको थियो । दर्शक, समीक्षक र फिल्मीकर्मीले अनमोलको अभिनयमा सधै खोट लगाइरहेका थिए ।

तर, आठौ फिल्ममा अनमोलले अभिनयमा निखारता ल्याएका छन् । फिल्म हेर्न पुगेकी नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, नायक सरोज खनाल, नायिका करिश्मा मानन्धर लगायतले अनमोलको अभिनयको खुलेरै तारिफ गरे । स्वस्तिमाले भनिन्–‘कलाकारले उत्कृष्ट अभिनय गरेकै कारण फिल्मले बाँधेर राख्न सफल भएको हो ।’

नायिका केकी अधिकारीले पनि कलाकारहरुको अभिनयमा अघिल्लो फिल्ममा भन्दा यसमा आफूले ठूलो भिन्नता पाएको बताइन् । उनले, फिल्म हेर्दा आफू कैयौ पटक रोएको र धेरै पटक रमाएको बताइन् ।

फिल्मका कलाकार तथा नायक सरोज खनालले अनमोल केसीको अभिनय हेरेपछि आफू अचम्मित भएको बताए । उनले, अनमोलले अभिनयमा ल्याएको निखारताले दर्शकलाई सरप्राइज दिने प्रतिक्रिया दिए । नायिका करिश्मा मानन्धरले पनि फिल्म हेर्दा आफू कैयौं पटक रोएको र फिल्मले मन छोएको बताइन् ।

फिल्म हेर्न हलमा पुगेका अधिकांश फिल्मीकर्मी, पत्रकारले कथावस्तु र अभिनयलाई उत्कृष्ट भनेपछि नायक अनमोल केसीले खुशी व्यक्त गरे । उनले आफूले आफूलाई कहिल्यै पनि पर्फेक्ट नभनेको भन्दै मिहिनेत सधैभरी गरिरहने बताए । निर्माता सुनिल कुमार थापाले आफू फिल्मलाई लिएर ढुक्क रहेको प्रतिक्रिया दिए ।

भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको यो फिल्मको बुकिङ अन्तिम समयमा आक्रामक देखिएको छ । झरना थापा निर्देशित यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP