बिहिबार , बैसाख १८, २०८२

काठमाडौं, बैशाख १ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामाथि पर्नसक्ने कुनै पनि प्रभावप्रति नेपाली जता सधैं चनाखो हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिदै उनले ‘छिमेकी नीतिका कारण मुलुकको अस्मितामा असर पर्नसक्ने’ भन्दै त्यसतर्फ चनाखो हुनुपर्नेमा जोड दिएका हुन् ।

‘छिमेकी मित्र राष्ट्रप्रति अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति, प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासमेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्था सम्झेर सदैव चनाखो हुनुपर्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको छ, त्यो आफैंमा आत्महीनताको विषय भएको छ ।’

अर्थविद् र उद्यमीले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै पूर्वराजा शाहले ‘महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको’ उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP