सोमबार , भाद्र १५, २०८३

चितवन — भरतपुर महानगरपालिकामा नेकपा (एमाले)ले विजय सुवेदीलाई मेयर पदमा उठाउने भएको छ । सुवेदी बाग्मती प्रदेशसभाका सदस्य समेत हुन् ।

गत निर्वाचनमा उनी चितवन–२ ‘ख’बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । एमालेको भरतपुर महानगर कमिटीको आइतबार बसेको बैठकले सुवेदीलाई मेयरमा उठाउने सर्वसम्मत निर्णय गरेको महानगर कमिटीका अध्यक्ष शंकर थपलियाले जानकारी दिए ।

भरतपुरमा एमालेबाट मेयर पदमा सुवेदीसहित देवी ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम चर्चामा थियो । आइतबारको बैठकमा मेयरमा सुवेदीलाई ज्ञवालीले नै प्रस्ताव गरेको र पोखरेलले समर्थन गरेको अध्यक्ष थपलियाले बताए । पोखरेल चितवन क्षेत्र–२ बाट विजयी प्रतिनिधिसभा सदस्य हुन् । त्यसैगरी ज्ञवाली अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर पदमा झिनो मतान्तरले पराजित भएका थिए ।

मेयर पदको प्रस्ताव गरेपनि उपमेयरमा कसैको नाम फिारिस भएको छैन । महानगर अध्यक्ष थपलियाले उपमेयरका विषयमा केही दिनभित्रै निर्णय हुने बताए । २९ वटा वडाहरु रहेको भरतपुर महानगरमा आठवटा वडाका अध्यक्षहरुको नाम पनि टुङ्गो लागेको उनले बताए । अघिल्लो निर्वाचनमा मेयर उपमेयरमा त्यो बेला चुनावी तालमेल गरेका माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए ।

मेयर/उपमेयर नजिते पनि एमालेले अघिल्लो निर्वाचनमा बहुमत वडाहरु र कार्यपालिकामा पनि बहुमत सदस्य जितेको थियो । तर, एमालेमा विभाजन आएपछि पाँच जना वडाध्यक्षहरु नेकपा एसतिर गएका छन् । भरतपुरको मेयरका विषयमा सत्तारुढ गठबन्धनमा अझै सहमति जुटेको छैन । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले मेयरमा दावि गरेपछि यहाँको चुनावी चर्चा चुलिँदो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP