बिहिबार , बैसाख १८, २०८२

चितवन — भरतपुर महानगरपालिकामा नेकपा (एमाले)ले विजय सुवेदीलाई मेयर पदमा उठाउने भएको छ । सुवेदी बाग्मती प्रदेशसभाका सदस्य समेत हुन् ।

गत निर्वाचनमा उनी चितवन–२ ‘ख’बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । एमालेको भरतपुर महानगर कमिटीको आइतबार बसेको बैठकले सुवेदीलाई मेयरमा उठाउने सर्वसम्मत निर्णय गरेको महानगर कमिटीका अध्यक्ष शंकर थपलियाले जानकारी दिए ।

भरतपुरमा एमालेबाट मेयर पदमा सुवेदीसहित देवी ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम चर्चामा थियो । आइतबारको बैठकमा मेयरमा सुवेदीलाई ज्ञवालीले नै प्रस्ताव गरेको र पोखरेलले समर्थन गरेको अध्यक्ष थपलियाले बताए । पोखरेल चितवन क्षेत्र–२ बाट विजयी प्रतिनिधिसभा सदस्य हुन् । त्यसैगरी ज्ञवाली अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर पदमा झिनो मतान्तरले पराजित भएका थिए ।

मेयर पदको प्रस्ताव गरेपनि उपमेयरमा कसैको नाम फिारिस भएको छैन । महानगर अध्यक्ष थपलियाले उपमेयरका विषयमा केही दिनभित्रै निर्णय हुने बताए । २९ वटा वडाहरु रहेको भरतपुर महानगरमा आठवटा वडाका अध्यक्षहरुको नाम पनि टुङ्गो लागेको उनले बताए । अघिल्लो निर्वाचनमा मेयर उपमेयरमा त्यो बेला चुनावी तालमेल गरेका माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए ।

मेयर/उपमेयर नजिते पनि एमालेले अघिल्लो निर्वाचनमा बहुमत वडाहरु र कार्यपालिकामा पनि बहुमत सदस्य जितेको थियो । तर, एमालेमा विभाजन आएपछि पाँच जना वडाध्यक्षहरु नेकपा एसतिर गएका छन् । भरतपुरको मेयरका विषयमा सत्तारुढ गठबन्धनमा अझै सहमति जुटेको छैन । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले मेयरमा दावि गरेपछि यहाँको चुनावी चर्चा चुलिँदो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP