सोमबार , भाद्र १५, २०८३

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्।

ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशौं टनको बनिरहेको दाबीसमेत गरे।

शनिबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान पनि ओलीलाई चुनौति दिए।

‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीलाई चाँही ढक। म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि एकीकृत समाजवादीचाँही टन हो, यहाँ आएर हेर्नुहोस्। प्रत्येक जिल्लामा गएर हेर्नुहोस्,’ उनले भने, ‘अब नेकपा एकीकृत समाजवादी टन मात्रै होईन, दशौं टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरूरी छ। हामी पनि यो निर्वाचनमा जाँदैछौं।’

सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे। उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘हामीले स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं । त्यो घोषणा पत्रलाई हामीले घरघरमा, टोलटोलमा लिएर जानेछौ’, उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो।’

सम्मानित नेता खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दाबीसमेत गरे।

‘अब हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यकता छ। हामीले उम्मेदवार चयन गर्नुपर्नेछ। अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढनुछ। चुनावी तालमेल गर्दै अगाडि पनि बढनुपर्नेछ’, उनले भने, ‘समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरु आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौं।’

नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

उनले निर्वाचन आयोगलाई आचारसंहिता घोषणा गर्ने मात्र होइन पालना गराउन भनेका छन्। ‘यसको कार्यान्वयन पूर्ण रुपमा गर्न म निर्वाचन आयोगलाई आग्रह गर्दछु । यदि कसैले उलंघन गर्छ भने जनताको मतलाई पैसामा किन्न खोज्छ भने त्यसलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने हुन्छ’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP