बिहिबार , बैसाख १८, २०८२

साबिक बुटवल १५ जितगडी मा २०४५ सालमा बुवा मोहन प्रसाद गौडेल र आमा पबित्रा कुमारी गौडेल को कोखबाट जन्मिएका राजन गौडेल New Standard स्कुल, नहरपुर मा बि हुँदै जनता मा बि अमुवा बाट SLC  पास गरि जनता मा बि मा रहदा नेपाल जुनियर रेड्कर्स का अध्यक्ष समेत भएका थिए।

बुटवल हाट्बजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस बाट व्यवस्थापन संकायमा अध्यन गरेका उनि सानै देखि गाउँघर मा अप्ठ्यारो पर्दा सधै अगाडि सर्ने गर्दथे।  केही समय वैदेशिक रोजगारीको लागि कतार पनि पुगेका राजन फेरि ३ बर्ष जति कुबेत बसी नेपाल फर्कने सोच बनाए।  नेपाल फर्कीसके पछि के काम गर्ने दोधार मा थिए। साथीभाइको  सल्लाहले आफ्नै घर जितगढीमा, जितगढी  इन होट्ल संचालक गरे पछि  राम्रो हुँदै गएको होटल व्यवसायलाइ थप्दै, डाडा इन होट्ल खोले। संगै डाडा इन क्याटरिङ पनि संचालन गर्दै आएका छ्न।

कोमलो मनका राजनले आफ्नो होटल अगाडी बाट हिड्ने भोका दुखी लाई निशुल्क खाना दिने गर्दछन।  साथी को सल्लाह अनुसार The art of living अध्यात्मिक सस्थामा मा जोडिएका उनि  उक्त सस्थाबाट सेवा गर्ने आफ्नो अन्तर भावमा रहेको इच्छालाइ पुरा गर्दै आगाडी बढिरहेका छन्। द आर्ट अफ लिभिङ्गका करिब १० वटा जति कोर्स गरेका उनले आफ्नो ठाउँ मा The Art of Living जितगढीको स्थापना गरे, हाल त्यो साधाना केन्द्र मा करिब १०० जनाले बिहान मा योग ध्यान साधाना गर्ने गर्दछन । यहि सेवा र साधना संगै राजन  The Art of living का स्थापक श्री श्री रवि शकर जि संग भेट्ने  मौका पाए ।

गाउँ घर मा कोहि बिरामी परे बोकेर अस्पताल सम्म पुराउछ्न राजन।  कोहि बिरामी लाई रगत आवश्यकता परे राजन को फोन बज्छ । राजन सजिलै जबाफ दिन्छन् , तपाईं ब्लड बैंक जाँदै गर्नु म आइ पुग्छु ।  रगत नपाएर कसैको मृत्यु हुन नपरोसभनि दिन रात लागि पर्छ्न राजन।

नेपाल स्काउट बुटवल उपमहानगरपालिकाको  सदस्य समेत रहेका राजन तिनउ नदि मा आएको बढीले घर बगाउन लाग्दा, ज्यानको बाजी थापी घरभित्र गइ समान निकाल्न सहयोग गरेका थिए। कोरना को माहामारीको बेला ठाउँ ठाउँमा माक्स बितरण तथा जनचेतना कार्यक्रम हरु बुटवल उपमहानगर पालिका सङ मिलि गरेका थिए भने जितगढीमा कमि भएको अक्सिजन कहाँ कहाँ पुगेर कोभिड बिरामी को घर सम्म पुराउन धेरै बिरामीलाई लाई अस्पताल सम्म पुराए ।

Youth for Nation लुम्बिनी सयोजक समेत रहेका गौडेल नेपाललाई स्वर्ग को टुक्रा बनाउने कर्म मा लागि परेका छ्न विभिन्न ठाउँ मा स्वास्थ शिबिर राखेका गौडेल , आइकोनिक युथ फर एनिमल का सस्थापक समेत हुन रुपन्देहीमा रहेका घाइते तथा बेबारिसे जनावर को उद्दार तथा उपचार गर्दै रुपन्देहीकै उत्कृस्ट जनावर उदार गर्ने सस्थाको बागडोर पनि उनकै हातमा छ।

लायन्स कल्ब अफ बुटवल नमस्तेका हाल सचिब हुन् गौडेल र लायन बर्ष २२/२३ का लागि अध्यक्ष का दाबेदारको रुपमा आगाडी बढेका छन्।कसैको दु:ख देख्न नसक्ने गौडेल लायन बर्ष 2021 मा उत्कृष्ट समाजसेबी पुरस्कारबाट सम्मनित भएका थिए। बुटवल उपमहानगरपालिका को ६३ औ स्थापना दिवस मा पनि सम्मानित भएका गौडेल ले बुटवल मा बि लाई १० थान सेतो बोर्ड पनि प्रदान गरेका थिए हाल नेकपा एमाले शाखा कमिटी १३ सदस्य रहेका राजन गौडेल रास्ट्रिय युवा संघ नेपाल का जिल्ला सदस्य पनि हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP