मंगलबार , अषोज २७, २०८३

काठमाडौं । करिब ९ महिना लामो रिक्तता तोड्दै नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाईका क्रममा अयोग्यता ठहरिनेगरि कुनै कारबाही नभएको खण्डमा अबको केही दिनमै पूर्व सहसचिव कैलाशराज पोखरेल अष्ट्रेलिका लागि नेपाली राजदूतका रुपमा काममा खटिनुहुनेछ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ नाता पर्ने पोखरेल यसअघि कुनै बिवादमा नमुछिएकाले राजदूत नियुक्ति हुनेमा ढुक्क जस्तै हुनुहुन्छ । सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिमार्फत राजदूतका रुपमा नियुक्त गर्ने संबैधानिक व्यवस्था रहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएर जानेले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको राजदूतको भुमिका समेत निभाउनुपर्छ । जसका कारण यहाँको राजदूतको जिम्मेवारी गहन छ । चारवटा राष्ट्रको कुटनीतिक नेतृत्वको भूमिका बाहेक पनि अष्ट्रलिया आउँदैगर्दा केही महत्वपूर्ण जिम्मेवारी र चुनौँतीको सामना नयाँ राजदूतले गर्नुपर्नेछ ।

के–के छन त सम्भावना र चुनौँतीहरु ?
– पहिलो त अष्ट्रेलिया र नेपालबीचको कुटनीतिक सम्बन्ध स्थापनाका ६० वर्ष पुग्दैगर्दा समेत सरकारी स्तरबाट उच्चस्तरिय भ्रमणको आदानप्रदान हुन सकेको छैन । कुटनीतिक सम्बन्धलाई उचाई दिनुपर्ने कार्यभार सिफारिस हुनुभएका राजदूत पोखरेलको काँधमा आइपुगेको छ ।

– कोभिड अघि नै नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानको सम्झौँता भएको छ । तर अहिलेसम्म उडान सूचारु हुन सकेको छैन । अष्ट्रेलियाका नीजि उडान कम्पनीले सिधा उडानमा आनाकानी गरिरहेको समयमा कन्भिस गराउनुपर्ने अर्को चुनौती र अवशर छ ।

–नेपाल अष्ट्रेलियामा विद्यार्थी पठाउने तेश्रो मुलुक हो । २ बिलियन डलर शिक्षाका नाममा खर्चिने नेपाली विद्यार्थीका विभिन्न समस्याहरुको समाधान, कुलतको रोकथाम र विद्यार्थीको मानसिक स्वास्थ्यलाई सन्तुलन राख्न समेत राजदूत पोखरेलले भुमिका खेल्नुपर्नेछ ।

–पछिल्लो तथ्यांक अनुसार अष्ट्रेलियाबाट ३० हजार हाराहारिको संख्यामा मात्रै नेपालमा पर्यटक आउने गरेका छन् । यी मध्येपनि आधा त नेपाली मुलका अष्ट्रेलियनहरु रहेका छन् । विश्वमा सबैभन्दा बढी घुम्न रुचाउन अष्ट्रेलियन नागरिकलाई नेपालतर्फ आकर्षित गराउँदै पर्यटक प्रवर्धनमा समेत भूमिका खेल्नुपर्नेछ ।

अष्ट्रेलिया बाहेक कुन देशमा को राजदूत बन्दैछन ?
चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजालको नाम सिफारिस भएको छ । यस्तै दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन् ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP