मंगलबार , अषोज २७, २०८३

ब्रिजबेन । दक्षिण अस्ट्रेलियाको एडिलेडमा हिन्दु मन्दिरको निर्माण हुने भएको छ । होल्डेन हिलमा निर्माण हुन लागेको उक्त हिन्दु मन्दिरको यही अप्रिल ९ गते शनिवारको दिन शिलान्यास गरिने भएको छ । बैदिक हिन्दु फाउण्डेसनको पहलमा निर्माण हुन लागेको मन्दिर अस्ट्रेलियामा नै अलग किसिमको बन्ने दाबी गरिएको छ ।

हिन्दु संस्कार मान्ने सबै भक्तजन तथा स्थानीयवासीलाई सहज हुने किसिमको मन्दिरमा शिवलिङ्ग, शिव पार्वती, गणेश, दुर्गा, लक्ष्मी, रामसीता, राधाकृष्ण, शनिदेव लगायतका बिभिन्न भगवानको मुर्ती स्थापना गरिने भएको छ । अन्य अधिकांश मन्दिरमा पुजारी बिना मन्दिरमा प्रवेश र पुजाआजा गर्न सामान्यतया बर्जित गर्ने गरिएको भएपनि यस मन्दिरमा भक्तजन आफैले गएर पुजाअर्चना गर्न पाउनेछन् फाउण्डेसनले बताएको छ । फाउण्डेसनका बोर्ड सदस्य गोकुल घिमिरेका अनुसार मन्दिर निर्माणको मुख्य उद्देश्य यहा“स्थित दोस्रो पुस्तालाई आफ्नो संस्कृती, परम्परा र धर्मका बारेमा जागरुक बनाउने, हिन्दु धर्म मान्ने सर्वसाधारण र भक्तजनलाई आफ्नो परम्परागत कर्मकाण्ड गर्न सहज होस भन्ने हो ।

करिब १५ लाख डलरको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त मन्दिर ७ सय बर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । फाउण्डेसनका अनुसार बिभिन्न चन्दादाता, सामाजिक संघसंस्था, भक्तजन लगायतबाट रकम संकलन गरेर भवन निर्माण गरिनेछ भने अहिलेसम्म करिब ९ लाख डलर बराबर रकम उठ्ने निश्चित भइसकेको छ । मन्दिरमा पुजाअर्चना गर्ने पुजास्थलका साथै विवाह, ब्रतबन्ध, न्वारान, गुन्युचोलो, योगा कक्षा लगायतका बिभिन्न बैदिक कार्यक्रम सम्पन्न गर्नका लागि अलग हल निर्माण हुनेछ भने विशेष गरेर आफ्ना परिवार भेट्न आएका अभिभावकलाई आपसी भेटघाट गराउनका लागि कल्चर हबको समेत परिकल्पना गरिएको छ ।

यही शनिबार हुने शिलान्यास कार्यक्रममा अस्ट्रेलियाका सांसदहरुका साथै बिभिन्न राजनीतिक दलका नेता, नेपाल, भारत, बंगलादेश लगायतका बिभिन्न दक्षिण एसियाली रास्ट्रका संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता रहने बताइएको छ । एडिलेडको होल्डेन हिलस्थित प्रहरी चौकीको पछाडि रहेको ४ पिट एभेन्युमा हुन लागेको उक्त शिलान्यास कार्यक्रममा सहभागी हुन सबैलाई बैदिक हिन्दु फाउण्डेसनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP