सोमबार , भाद्र १५, २०८३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्र्नुपर्ने र त्यसका लागि सबै एकभएर जुट्नुपर्ने उनको भनाइ छ। उनले स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यकर्मीको पेसा सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको हुनाले त्यसप्रति ध्यान दिएर जिम्मेवार भएर काम गर्न आग्रह गर्दै महामारीका बेलामा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी राखेर गरेको कामप्रति उच्च प्रशंसा गर्नुभएको थियो । स्वास्थ्यकर्मीको महाधिवेशनमा देशभरबाट ७०० प्रतिनिधि सहभागी भएका छन् । आइबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP