मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटी देखिएको र ति त्रुटी सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं ।’ महासचिव पोखरेलले भने । एमालेले निर्वाचन प्रचार प्रसार सामाग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलको भनाइ छ ।

एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार प्रसार गर्न नपाउने, जनप्रतिनिधिहरूले पनि प्रचार गर्न पाउने लगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP