बुधबार , जेठ २९, २०८२

काठमाडौं / नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटी देखिएको र ति त्रुटी सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं ।’ महासचिव पोखरेलले भने । एमालेले निर्वाचन प्रचार प्रसार सामाग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलको भनाइ छ ।

एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार प्रसार गर्न नपाउने, जनप्रतिनिधिहरूले पनि प्रचार गर्न पाउने लगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु