बिहिबार , बैसाख १८, २०८२

गोपी ज्ञवाली
नवलपरासी, चैत २२ गते । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा रहेका समस्याहरुको विन्यास गरी तीन तहबाट एकै साथ समस्या समाधानको शुरुवात गरिएको बताउनुभएको छ । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले आयोजना गरेको गुणस्तरीय शिक्षाका लागि शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्ने क्रममा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । राजनैतिक व्यवस्था फेरिएको भए पनि शिक्षाक्षेत्रमा विभिन्न प्रकारका समस्याले जकडिएको अवस्थामा अहिले आफू शिक्षा सुधारको अभियानमा लागेको बताउनुभयो ।

शिक्षाक्षेत्रका समस्याहरुलाई भौतिक पूर्वाधार सुधार, नीतिगत सुधार र शिक्षालाई नयाँ प्रविधियुक्त बनाउनुपर्ने देखिएकाले अहिले शिक्षा मन्त्रालयले देशमा शिक्षातर्फ सुधारका लागि तीनै प्रकारका समस्याको समाधानका लागि आफूले काम शुरु गरेको बताउनुभयो ।

शिक्षाक्षेत्रका कर्मचारी एवं ज्ञान दिने शिक्षकहरु आफनो कार्यक्षेत्रमा खुशी नभई शिक्षामा परिवर्तन सम्भव नभएकाले शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी एवं शिक्षकहरुको सेवा सुविधामा समेत सुधार गर्नुपर्ने भएकाले शिक्षा मन्त्रालयले केही नीतिगत समस्याहरुको समाधानका लागि फाईल मन्त्रिपरिषदमा लगेको बताउनुभएको छ । माओवादी जनयुद्धको बेला विस्थापित भएका शिक्षकहरुको समस्या समाधान गरिएको छ भने शिक्षक एवं शैक्षिक क्षेत्रका कार्मचारीको सुविधा बढाएर नेपाल सरकारका अन्य कर्मचारीसरह नै सेवा सुविधा रहने व्यवस्था गरिएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका इञ्चार्ज रहेका मन्त्री पौडेलले सुनवलमा कार्यकर्ता भेटघाटका क्रममा अहिले मुख्य रुपमा राजनैतिक परिवर्तनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र ओली प्रवृत्ति मुख्यरुपमा परिवर्तनविरोधी शक्तिको रुपमा रहेकाले अहिले पनि राजनैतिक गठबन्धनको आवश्यकता रहेको भन्दै माथिदेखि तलसम्म अहिले गठबन्धन कायमै रहने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP