बुधबार , असार ४, २०८२

प्रतिनिधि सभाको बैठक २६ माघ बुधबार डाकिएको छ । बैठकलाई निकै चासोका साथ हेरिएको छ । एमसीसी टेबुल गर्ने सरकारको प्रयास चलिरहँदा बैठक डाकिएको छ ।एमसीसीबारे सत्ता गठबन्धनमा एकमत छैन । नेपाली काँग्रेस एमसीसी टेबुल गरेर पारित गरिहाल्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा खुलिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टी बीचको बाटोबाट गएर गठबन्धन पनि जोगिने एमसीसीको पनि सकारात्मक निर्णय हुने पक्षमा छ । माधव नेपालले यसका लागि समन्वयकारी भूमिका निभाउन थालेका छन् ।

एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटाको भूमिका महत्वपूर्ण हुन्छ । उनी एमसीसी टेबुल गर्ने पक्षमा अहिले देखिएका छैनन् । तर, रातभरको गृहकार्यले एमसीसीबारे आश्चर्यजनक निर्णय गठबन्धनबाट हुनसक्छ ।

एमसीसीबारे सहमति बनाउन गृहमन्त्री बालकृष्ण खाँड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू सक्रिय छन् । काँग्रेस नेताहरु समेत रहेका यी मन्त्रीहरुलाई देउवाले सक्रिय बनाएका हुन् । तर, ठोस परिणाम आउन सकेको छैन ।

गठबन्धन मिलेमा एमसीसी टेबुल हुनसक्छ । पारित गर्न चाहिने बहुमत ह्वीप जारी भई मानिएमा मात्र हुन्छ । माओवादीभित्र प्रचण्डले माने पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायत प्रभावशाली नेताहरु एमसीसीको विपक्षमा छन् । माओवादीले पारित गर्ने निर्णय गरेपनि एमसीसीको पक्षमा सबै सांसदको मत जाने सम्भावना कम छ ।

एमसीसी टेबुल गर्न सभामुख तयार नभए उनलाई हटाउने तयारी समेत भइसकेको छ । एमाले उनलाई हटाउन प्रस्ताव तयार पारेर बसेको महेश बस्नेतले खुलासा गरिसकेका छन् । यसरी एमसीसीको निर्णायक क्षणसँग जोडिएर सभामुख पद र गठबन्धनको भविष्य समेत जोडिएर आएको छ । अबको केही दिन राजनीतिमा निकै उतारचढाव हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP